देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ।
देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल गार्हस्थ उत्पादनमा कति योगदान पुर्याएका छन् भनेर अध्ययन गर्नका लागि सर्वेक्षण गर्न थालिएको तथ्यांक कार्यालयका निर्देशक तीर्थराज बरालले जानकारी दिए।
उनका अनुसार देशभरका निजी सही सामुदायिक अस्पतालले गणकबाट सर्वेक्षण गरिनेछ। उनका अनुसार आगामी वैशाखदेखि असार मसान्तसम्म तथ्यांक संकलनको काम गरिनेछ।
“अहिले कर्मचारी करारमा लिएका छनोट गर्ने कार्य भइरहेको छ। ती कर्मचारीलाई तालिम दिनेछौँ”, उनले भने, “अनि हामी ती कर्मचारीलाई तथ्यांक संकलन गर्न अस्पतालमा पठाउँछौँ।”
उनका अनुसार सर्वेक्षणबाट अस्पतालको आर्थिक अवस्था, अस्पतालले प्रदान गर्ने रोजगारी संख्यालगायत तथ्यांक संकलन गरिनेछ। कार्यालयले प्रत्येक १०-१० वर्षमा निजी स्वास्थ्य संस्थाको सर्वेक्षण गर्ने भने पनि केही वर्ष ढिलाइ भएको उनको भनाइ छ।
सन् २०१३ मा भएको सर्वेक्षणमा निजी स्वास्थ्य संस्थाको मुलुकको कुल गार्हस्थ उत्पादनमा एक प्रतिशतभन्दा कम योगदान रहेको कार्यालयका निर्देशक बरालले जानकारी दिए। त्यतिबेला एकसय वटा अस्पतालमा सर्वेक्षण गरिएको थियो। योपटक भने देशभर दुई हजार ५५१ अस्पतालमा सर्वेक्षण गरिने तयारी गरिएको छ।
सम्बन्धित समाचार
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...
कस्तो छ मौसम?
काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान गण्डकी,...
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...




