मुख्य समाचार

प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको शपथ भोलि

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीको शपथ भोलि (सोमबार) हुने भएको छ । केसीको शपथ भोलि बिहान सवा ११ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुन लागेको हो ।

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई पद तथा गोपनीयताको शपथ खुवाउन लाग्नुभएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिने र उहाँले अरू सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाउने व्यवस्था कानुनमा छ ।

सङ्घीय संसद् सचिवालयले चैत १२ गते दिउँसो २ बजे नव निर्वाचित प्रतिनिधि सभा सदस्यहरूको पद तथा गोपनीयताको शपथको कार्यक्रम राखेको छ ।

२७४ सांसदलाई केसीले शपथ खुवाउने छन् । केसीले प्रतिनिधि सभाबाट सभामुख निर्वाचित नहुँदासम्म सभाको ज्येष्ठ सदस्यका रूपमा अध्यक्षता गरेर सभा पनि सञ्चालन गर्नुहुने छ।

सम्बन्धित समाचार

जेनजी आन्दोलनमा भागेका कैदी लागुऔषधसहित पक्राउ

जेनजी आन्दोलनमा भागेका कैदी लागुऔषधसहित पक्राउ

काठमाडौं। जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट भागेका एक व्यक्ति लागुऔषधसहित पक्राउ परेका छन्। सिन्धुली, कमलमाई नगरपालिका ४ घर...

नेप्सेाा उछाल

नेप्सेाा उछाल

काठमाडौँ। सेयरबजारमा ५४.५१ अंकको उछाल आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १.८९ प्रतिशतले बढेर २९३१.५५ विन्दुमा पुगेको हो।...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

७० वर्षीया वृद्धाको रहस्यमय मृत्यु

७० वर्षीया वृद्धाको रहस्यमय मृत्यु

जुम्ला। जुम्लामा ७० वर्षीया वृद्धाको रहस्यमय मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका–४ साहुँबाडा निवासी...