दार्चुला केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौँ। आज बिहान दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बिहीबार बिहान ८ बजेर ३२ मिनेट जाँदा दार्चुलाको मुराइ आसपासको क्षेत्र केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र, लैनचौरका वरिष्ठ भूकम्पविद् डा।लोकविजय अधिकारीले जानकारी दिनुभयो। यसअघि यही चैत ९ गते सोमबार पनि बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो।
सोमबार दिउँसो १ बजेर १४ मिनेट जाँदा रायाल आसपास केन्द्रविन्दु भएर ४।१ म्याग्निच्युडको भूकम्प गएको थियो। सोमबारै बिहान पनि दार्चुलामा भूकम्प गएको थियो। सोमबार बिहान ३ बजेर ५१ मिनेट जाँदा दार्चुलाको मुराई आसपास केन्द्रबिन्दु भएर ४।२ म्याग्निच्युडको भूकम्प गएको हो। यसअघि यही चैत ३ गते पनि दार्चुलाको सिटौला केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो।
यसअघि गएको मंसिर १४ गते पनि बझाङको सैपाल आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको गएको थियो। त्यसअघि गएको कात्तिक ६ गते पनि बझाङको हेमनतबाडा क्षेत्र आसपास केन्द्रबिन्दु भएर ३।९ म्याग्निच्युडको भूकम्प गएको थियो भने असोज २९ गते राति पनि बझाङमा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको गएको थियो।
भूकम्पविद्हरूका अनुसार नेपाल आफैँमा भूकम्पीय जोखिमयुक्त क्षेत्रमा अवस्थित मुलुक हो। त्यसमा पनि पश्चिम नेपालमा भूकम्पको जोखिम मध्य र पूर्वी नेपालको तुलनामा अझ धेरै छ।
पश्चिम नेपालमा विगत पाँचसय वर्षयता ठूलो भूकम्प नगएको कारण त्यसक्षेत्रको भूगर्भभित्र ठूलो भूकम्प जाने शक्ति सञ्चित भएर बसेको तर्क उनीहरूले गर्दै आएका छन्।
ताजा अपडेट
-
१.
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प
-
२.
सुनको मूल्यमा गिरावट
-
३.
मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ
-
४.
कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी
-
५.
प्यालेस्टिनीहरू विरुद्ध इजरायलको ‘राज्य सिद्धान्त’ यातना बनेको छः संयुक्त राष्ट्र संघका विशेषज्ञ
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
क्लव छानबिनमा तानिएपछि रोकियो राष्ट्रिय लिग
-
४.
राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही, प्रमुख सचेतकमा खुश्वु
-
५.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
सम्बन्धित समाचार
इरानको अस्वीकारका बाबजुद वार्ता जारी रहेको ट्रम्पको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका र इरानबीच वार्ता जारी रहेको दाबी गर्नुभएको छ । यद्यपि तेहरानले भने...
आज चैते दसैँ मनाइँदै
काठमाडौँ। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैं पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा...
रास्वपाको संसदीय दलको नेता बन्दै बालेन
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ। आज अपराह्न ४ बजे केन्द्रीय समिति बैठक बोलाएको...
निलम्बनमा एन्फा
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। राखेपको निर्देशनविपरित निर्वाचन गर्न...




