मुख्य समाचार

परराष्ट्र नीतिमा परिवर्तन हुँदैनः मन्त्री खनाल

काठमाडौं। नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ मन्त्री आए पनि राष्ट्रको परराष्ट्र नीतिमा परिवर्तन नहुने बताउनुभएको छ।

मन्त्रालयमा आज पदबहालीका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपालको परराष्ट्र नीति संविधानमा नै स्पष्ट रूपमा उल्लेख गरिएको बताउनुभयो। ‘सरकार परिवर्तन वा नयाँ मन्त्री आए पनि राष्ट्रको परराष्ट्र नीति परिवर्तन हुँदैन’, मन्त्री खनालले भन्नुभयो,‘यो नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितसँग सम्बन्धित विषय हो। नेपालले लामो समयदेखि असंलग्न परराष्ट्र नीति अपनाउँदै आएको छ र यसलाई निरन्तरता दिइनेछ।’

उहाँले पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय देखिएको द्वन्द्वको अवस्थामा मन्त्रालयले पछिल्लो समयदेखि आवश्यक काम गरिरहेको बताउनुभयो। ‘हालसम्म त्यहाँ रहेका ८० हजारभन्दा बढी नेपालीको तथ्याङ्क सङ्कलन गरिएको छ। आवश्यकताअनुसार त्यहाँ रहेका नेपालीलाई सोही देशमा सुरक्षित राख्ने उद्देश्यले कूटनीतिक पहलमार्फत मन्त्रालयले सक्रिय रूपमा काम गरिरहेको छ’, मन्त्री खनालले भन्नुुभयो, ‘यदि अवस्था अझ संवेदनशील बन्दै गएमा, नेपाली नागरिकको सुरक्षाका लागि अन्य आवश्यक कदमहरू पनि चालिनेछन्।’

यससँगै, सम्भावित इन्धन आपूर्ति शृङ्खलामा पर्नसक्ने असरबारे पनि अध्ययन भइरहेको बताउँदै उनले विशेषगरी इन्धनको मूल्य र त्यसबाट पर्ने प्रभावबारे मन्त्रालयले गम्भीरतापूर्वक विश्लेषण गरिरहेको र यस विषयलाई अत्यन्त संवेदनशील रूपमा लिइएको उल्लेख गर्नुभयो।

मन्त्री खनालले शान्तिका पक्षमा उभिएको देश र गौतमबुद्ध जन्मिएको मुलुकका रूपमा नेपालले सधैँ द्वन्द्वरत पक्षलाई शान्तिपूर्ण ढङ्गले आफ्ना समस्या समाधान गर्न आग्रह गर्दै आएको उल्लेख गर्दै विश्व समुदायलाई पनि नेपालले सोही अनुरोध गर्दै आएको उल्लेख गर्नुभयो।

 

सम्बन्धित समाचार

प्रधानमन्त्री बालेन्द्र शाहलाई ओलीको बधाइ

प्रधानमन्त्री बालेन्द्र शाहलाई ओलीको बधाइ

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाइ दिनुभएको छ । सामाजिक सञ्जाल मार्फत अध्यक्ष ओलीले...

बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु

बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु

बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु काठमाडौँ : बालेन नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा...

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...

इरानविरुद्धको युद्ध अन्त्य गर्न अमेरिका र इजरायललाई राष्ट्र संघका प्रमुखको आग्रह

इरानविरुद्धको युद्ध अन्त्य गर्न अमेरिका र इजरायललाई राष्ट्र संघका प्रमुखको आग्रह

काठमाडौं। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राज्य अमेरिका र इजरायललाई इरानविरुद्धको युद्ध अन्त्य गर्न आग्रह गरेका छन्।...