मुख्य समाचार

ओली-लेखक पक्राउ परेमा जेनजी मुभमेन्ट नेपालको स्वागत

काठमाडौं। जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनका क्रममा भएको दमनमा संलग्न रहेको आरोपमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाउने सरकारको निर्णयलाई स्वागत गरेको छ ।

जेनभी मुभमेन्ट नेपालले शनिबार विज्ञप्ति जारी गरी उक्त घटनामा संलग्न अन्य व्यक्तिलाई पनि कारबाही गर्न माग गरेको हो । ‘उक्त घटनामा संलग्न तत्कालीन गृह प्रशासन तथा सुरक्षा निकायका जिम्मेवार व्यक्तिहरूलाई समेत अविलम्ब पक्राउ गरी निष्पक्ष छानबिन तथा कानूनी कारबाही प्रक्रिया अगाडि बढाउन हामी नेपाल सरकारसँग जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनका दमनकारीलाई बचाउने कुनै पनि प्रकारको षडयन्त्र नहोस् भन्ने चेतावनी पनि दिएको छ । ‘दमनकारीलाई बचाउने प्रयास भएमा देशैभरि युवाहरू सशक्त र कठोर संघर्षमा उत्रिन बाध्य हुनेछन्,’ विज्ञप्तिमा भनिएको छ ।

गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भन्दै सरकारले शनिबार बिहानै पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो ।

 

सम्बन्धित समाचार

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई...

एमाले नेता कर्ण मल्ल पक्राउ

एमाले नेता कर्ण मल्ल पक्राउ

काठमाडौँ।  बलात्कार आरोपमा एमाले नेता तथा पूर्व सांसद कर्णबहादुर मल्ल पक्राउ परेका छन् । मल्ललाई शनिबार ललितपुर प्रहरीको टोलीले...