मुख्य समाचार

इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति

काठमाडौं। जनकपुरधामस्थित इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति भएको छ।

शनिबार जनकपुरधामको मिल्स एरियास्थित दुर्गा ट्रेडलिंक पसलमा आगलागी भएको हो। आगलागीबाट पसलमा रहेका सामान जलेर नष्ट भएको पसल सञ्चालिका दुर्गा गुप्ताले बताउनुभयो।

विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले प्रारम्भिक अनुसन्धानमा विद्यूत सर्ट आगलागी भएको देखिएको बताउनुभयो। आगलागीबाट तीन करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको डीएसपी बमले बताउनुभयो।

सुरक्षाकर्मी र स्थानीय बासिन्दाको तीन घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो। आगो निभाउन जनकपुरधाम उपमहानगरपालिकाको बारुणयन्त्र प्रयोग गरिएको थियो। त्यस्तै, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित स्थानीय बासिन्दा पनि खटिएका थिए।

सम्बन्धित समाचार

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई...

ओली-लेखक पक्राउ परेमा जेनजी मुभमेन्ट नेपालको स्वागत

ओली-लेखक पक्राउ परेमा जेनजी मुभमेन्ट नेपालको स्वागत

काठमाडौं। जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनका क्रममा भएको दमनमा संलग्न रहेको आरोपमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई गिरफ्तार गरी कारबाही...