एमाले अध्यक्ष ओलीको रिहाइ गर्न माग
ताप्लेजुङ। नेकपा एमाले ताप्लेजुङले गिरफ्तार गरिएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहाइ गर्न माग गरेको छ । आइतबार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै ओलीको रिहाइको माग गरिएको हो ।
एमाले ताप्लेजुङका कार्यबाहक अध्यक्ष दीपेन्द्र पोमुको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँलाई ज्ञापनपत्र बुझाउँदै पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीको रिहाइको माग गरेको हो । पार्टी अध्यक्ष ओलीसहित पक्राउ गरिएका सबै नेताहरूको रिहाइको माग गरी प्रजिअ सेढाइँमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको एमाले जिल्ला कमिटी सचिव सन्तोष चाम्लिङले जानकारी दिनुभयो ।
सरकारले कार्की आयोगको प्रतिशोधात्मक प्रतिवेदनका आधारमा पार्टी अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर देशलाई मुठभेड र द्वन्द्वतर्फ धकेल्न खोजेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका नाममा प्रतिशोध साध्न ओली लगायतका नेतालाई पक्राउ गरिएको एमाले ताप्लेजुङको ठहर रहेको ज्ञापनपत्रमा उल्लेख छ ।
कार्की आयोगलाई ‘कथित आयोग’ को संज्ञा दिँदै एमाले ताप्लेजुङले प्रतिशोधात्मक ढङ्गले नेताहरूलाई पक्राउ गर्नु सिङ्गो कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलन माथिको नाङ्गो प्रहार तथा दमन सुरुवात भएको पनि ज्ञापनपत्रमा उल्लेख गरेको छ । “यस किसिमको प्रहार तथा दमनको भर्सना र निन्दा गर्दै गिरफ्तार नेताहरूको तल्काल रिहाइ गर्न साथै प्रतिशोधात्मक दमन र धरपकड बन्द गर्न जोडदार माग गर्दछौं” ज्ञापनपत्रमा भनिएको छ ।
ताजा अपडेट
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
-
३.
दुई सातादेखि बेपत्ता थिङको शव फेला
-
४.
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड
-
५.
सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई
-
६.
ओली-लेखकलाई अनुसन्धान गर्न १० दिनको समय माग
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
३.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
४.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
सम्बन्धित समाचार
सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड
काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...
केपी ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइने
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराउने भएको छ । ओलीको स्वास्थ्य अवस्थाका...
सुनको मूल्य बढ्यो
काठमाडौँ। नेपाली बजारमा अको मूल्य वृद्धि भएको छ। शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ बढेको हो।...




