प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति
काठमाडौं। बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजलासले सोमबार शर्मालाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरेको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिनुभयो।
उहाँलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति धुम्बाराहीबाट पक्राउ गरेको थियो ।
शर्माको घरबाट २०८१ जेठ १४ गते काठमाडौं महानगरपालिकाले घरेलु श्रमिकका रुपमा राखेकी एक बालिकालाई उद्धार गरेको थियो । प्रहरीम जाहेरी दर्ता भएपनि त्यतिबेला महान्यायाधिवक्ता कार्यालयले उनीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको थियो।
अदालतले महान्यायाधिवक्ता कार्यालयबाट कस्तो निर्णय भएको हो भन्ने विषयमा इजलासबाट तत्काल एकीन गर्न नसकिएको र सरकारी वकिल कार्यालयले समेत बहसका क्रममा तत्काल टुंगो लगाउन कार्यालयमा भएका मिसिल कागज जलेर नष्ट भएको भन्दै केही समय थुनामा राख्न माग गरेको भन्दै ३ दिनको समय दिएको हो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ
काठमाडौं। लतिलपुरको एकान्तकुनास्थित यातायात कार्यालयबाट विचौलियाको आरोपमा १५ जना पक्राउ परेका छन्। सोमबार जिल्ला प्रहरी परिसर, ललितपुर र प्रहरी...
संघीय संसदको अधिवेशन आगामी १९ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं। सरकारले संघीय संसदको अधिवेशन चैत १९ गते बोलाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसदका दुवै...
ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै
काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाइ गर्न मागसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ...
कांग्रेसको देउवा पक्षले बोलायो केन्द्रीय कार्य समिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आफ्नो समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यको बैठक बोलाएको छ। पूर्वगृहमन्त्री रमेश...




