मुख्य समाचार

तनहुँमा ट्याक्टर र माइक्रो बस दुर्घटनाः बालकको मृत्यु, १० जना घाइते

तनहुँ। तनहुँका छुट्टाछुट्टै स्थानमा भएका दुई सवारी दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । जिल्लाको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको ज्यान गएको हो ।

नारायणघाटबाट सिङ्तान जाँदै गरेको ग १ त १५२३ नम्बरको ट्याक्टर काफलडाँडास्थित भित्री सडक खण्डमा अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको थियो । दुर्घटनामा परी देवघाट गाउँपालिका–१ कोटाका शिवबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । उक्त दुर्घटनामा ट्याक्टर चालक ३० वर्षीय विष्णु माझी घाइते हुनुभएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ पालिङ, कमलबारीमा मङ्गलबार साँझ माइक्रो बस दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। काठमाडौंबाट दमौली जाँदै गरेको बा।प्र।०१–००६ ख ७२०८ नम्बरको नेपाल माइक्रो समितिको हाईस आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको थियो । घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि दमौलीस्थित रत्नहरी अस्पताल र प्रदेश अस्पताल पठाइएको थियो ।

घाइते हुनेहरूमा बागलुङकी ३६ वर्षीया अन्जु क्षेत्री, रुपन्देहीका २८ वर्षीय रिकेश भण्डारी, व्यास–१ भादगाउँकी २५ वर्षीया स्मारिका थापा र सोही स्थानका २ वर्षीय बालक अर्पन थापा रहनुभएको छ । त्यसैगरी व्यास–९ झिमुवाका ३५ वर्षीया अमृता कार्की, ११ वर्षीय निश्चल कार्की, ११ वर्षीय कुशल कार्की, स्याङ्जाका २५ वर्षीय सह–चालक उदिप गुरुङ र धादिङकी ३५ वर्षीया चमेली सिटौला पाण्डे घाइते हुनुभएको छ । घाइतेमध्ये ६ जना उपचारपश्चात् डिस्चार्ज भइसकेका छन् भने मध्यम अवस्थाका अर्पन थापा, अमृता कार्की र चमेली सिटौला पाण्डेलाई थप उपचारका लागि पोखरास्थित जीएमसी अस्पताल पठाइएको प्रनाउ विकले जानकारी दिनुभयो । प्रहरीले दुवै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रस्ताव

‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रस्ताव

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले नेपालमा खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ ।...

अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार छ : अर्थमन्त्री वाग्ले

अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘गरिखाने मान्छेहरूको देश’का रूपमा चिनाउने गरी अर्थतन्त्रको विकास गरिने बताउनुभएको छ ।...

कति छ काठमाडौँको तापक्रम?

कति छ काठमाडौँको तापक्रम?

काठमाडौँ। काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वमानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको...

१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि

१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित देशव्यापी अभियान सुरु गर्ने...