मुख्य समाचार

उपत्यका मात्र नेपाल हो भन्ने भास्य नहोस्, घर टहरा नभत्काइयोस् : हर्क साम्पाङ

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य हर्कराज राईले एक पालिका एक उद्योग र एक घर एक रोजगारी हुनुपर्नेमा जोड दिनुभएको छ । फागुन २१ गतेको चुनावपछि बिहीबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘एक पालिका एक उद्योग, एक घरमा एक रोजगार हुनुपर्छ भन्ने हाम्रो माग छ’, सांसद राईले भन्नुभयो ।

उहाँले जनताको सेवा सुविधालाई सार्वजनिक सम्पत्ति प्रयोग गर्न पाउने गरी कानुन बनाउन जोड दिनुभएको छ । उहाँले सरकारको नीति तथा कार्यक्रममा प्राकृतिक संरक्षण, संस्कृतिको संरक्षण, भ्रष्टाचारको अन्त्य, पादर्शी काम गर्न सरकार अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

देशको शान्ति सुरक्षाका लागि आवश्यक उपाय अपनाउन र अत्यावश्यक कामलाई प्राथमिकता दिन उहाँले जोड दिनुभएको छ ।

अनुसन्धान नगरी सरकारले ल्याएका कामलाई अगाडि बढाउनु नहुने उहाँको भनाइ छ । सांसद राईले वृद्धभत्ता, ब्रिज कोर्श जस्ता सवालमाथि सरकारले गरेका निर्णमा विचार गर्न सरकारलाई सुझाव दिनुभएको छ ।

सांसद राईले सुकुम्बासी भन्दै जनताका घर टहरा भत्काउनु नहुने, भूमिहीन र सुकुम्बासीलाई लाजपूर्जा दिनुपर्नेमा जोड दिनुभयो । धनी मात्र नभएर गरिबको पनि हो यो देश भन्ने आवास जनातामा हुनुपर्ने बताउनुभयो ।

काठमाडौँ उपत्यका मात्र नेपाल हो भन्ने सोच राख्नु नहुनेमा उहाँले जोड दिनुभएको छ । भूपू गोर्खा सैनिकको समान तलबका लागि नेपाल सरकारले पहल गर्नुपर्नेमा उहाँको जोड छ ।

 

सम्बन्धित समाचार

सरकारलाई रचनात्मक तरिकाले सहयोग गर्छौ : वर्षमान पुन

सरकारलाई रचनात्मक तरिकाले सहयोग गर्छौ : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सांसद वर्षमान पुनले पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने बताउनुभएको छ । फागुन २१...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौँ। नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको...

गृहमन्त्रीद्वारा पशुपतिनाथ मन्दिरको दर्शन

गृहमन्त्रीद्वारा पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको छ। आज बिहानै उहाँले पशुपतिनाथ परिसर पुगेर विधिपूर्वक पूजा–अर्चना गर्दै दर्शन...

किसानलाई माटो परीक्षण गर्न कृषि विभागकोआह्वान

किसानलाई माटो परीक्षण गर्न कृषि विभागकोआह्वान

काठमाडौँ। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा...