मुख्य समाचार

पर्सा जिल्ला अदालतको मुद्दामा अब रविले वारेसमार्फत हाजिरी जनाए पुग्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालतमा चलेको मुद्दाको प्रतिनिधिका रूपमा ‘वारिस’ राख्ने अनुमति पाउनुभएको छ।

जिल्ला न्यायाधीश सुमन कुमार न्यौपानेको इजलासबाट बिहीबार (चैत १९) मुद्दामा वारिसको अनुमति दिएको तहसिलदार देवराज भट्टराईले जानकारी दिनुभयो।

“रास्वपा सभापति लामिछानेले पर्सामा चलेको मुद्दामा वारिस राख्न अनुमति पाउनुभयो । अब उहाँ आफैँ तारिखमा आइरहनु परेन,’’ अदालतका तहसिलदार भट्टराईले भन्नुुभयो।

भट्टराईका अनुसार लामिछानेले बुधबार (चैत १८) गते ‘वारिस नियुक्त गर्न अनुमति पाउँ’ भन्दै अदालतमा निवेदन दिनुभएको छ। लामिछानेविरुद्ध पर्सा अदालतमा ‘सहकारी ठगी र संगठित अपराध’ मुद्दा विचाराधीन छ ।

लामिछानेले बुधबारै पर्सा जिल्ला अदालत पुगेर तारेख बुझ्नुभएको छ। उहाँको मुद्दामा अर्को पेसी तारेख ०८३ वैशाख २४ गतेका लागि तोकिएको छ । रास्वपा सभापति लामिछाने चितवन–२ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको छ।

सम्बन्धित समाचार

मुग्लिन-नागढुङ्गा सडकखण्ड रातिमा थप तीन दिन बन्द

मुग्लिन-नागढुङ्गा सडकखण्ड रातिमा थप तीन दिन बन्द

काठमाडौँ। मुग्लिन-नागढुङ्गा सडकखण्ड थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले आज...

सरकारलाई रचनात्मक तरिकाले सहयोग गर्छौ : वर्षमान पुन

सरकारलाई रचनात्मक तरिकाले सहयोग गर्छौ : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सांसद वर्षमान पुनले पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने बताउनुभएको छ । फागुन २१...

उपत्यका मात्र नेपाल हो भन्ने भास्य नहोस्, घर टहरा नभत्काइयोस् : हर्क साम्पाङ

उपत्यका मात्र नेपाल हो भन्ने भास्य नहोस्, घर टहरा नभत्काइयोस् : हर्क साम्पाङ

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य हर्कराज राईले एक पालिका एक उद्योग र एक घर एक...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौँ। नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको...