मुख्य समाचार

एमालेको आकस्मिक सचिवालय बैठक बस्दै

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक बस्दैछ।

प्रतिनिधिसभाको बिहीबारको पहिलो बैठकमा कार्यावाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ को अभिव्यक्तिलाई लिएर केही पदाधिकारीको दबाबमा आकस्मिक सचिवालय बैठक बोलाइएको हो। बैठक दिउँसो १ बजेलाई तय गरिएको छ।

उपाध्यक्ष विष्णु पौडैलले बादलले बोलेको विषयमा पार्टीको नीति र मान्यताविपरीत रहेको प्रष्ट्याएका छन्। त्यस्तै अर्का उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले पनि बादलको प्रस्तुतिप्रति आलोचना गरेका छन्।

उपाध्यक्ष पौडेलले आजको बैठकले गम्भीर छलफल गर्ने र उचित निर्णय लिने अपेक्षा गरेको बताएका छन्।

बादलको अभिव्यक्ति शैली संसदीय मर्यादाविपरीत रहेको भन्दै एमालेमा आन्तरिक आलोचना बढेको छ।

 

सम्बन्धित समाचार

जेनजी घाइते भेट्न गृहमन्त्री केएमसीमा

जेनजी घाइते भेट्न गृहमन्त्री केएमसीमा

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न केएमसी अस्पताल पुग्नुभएको छ। घाइतेहरूलाई पूर्व सांसद डा. सुनिल शर्माले निःशुल्क...

सिरियामा ५५ लाख विस्थापित, १ करोड ३३ लाख खाद्य असुरक्षामाः संयुक्त राष्ट्र संघ

सिरियामा ५५ लाख विस्थापित, १ करोड ३३ लाख खाद्य असुरक्षामाः संयुक्त राष्ट्र संघ

सिरियाले विश्वकै सबैभन्दा ठूलो विस्थापन संकटको सामना गरिरहेको संयुक्त राष्ट्र संघका वरिष्ठ अधिकारीहरूले बताएका छन्। राष्ट्र संघकाअनुसार हाल सिरियामा...

साइकलबाट लडेर पुरुषको मृत्यु

साइकलबाट लडेर पुरुषको मृत्यु

काठमाडौं । महोत्तरीको गौशाला–फुल्काहा सडकखण्डमा बिहीबार साइकलबाट लडेर एक पुरुषको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...

मुग्लिन-नागढुङ्गा सडकखण्ड रातिमा थप तीन दिन बन्द

मुग्लिन-नागढुङ्गा सडकखण्ड रातिमा थप तीन दिन बन्द

काठमाडौँ। मुग्लिन-नागढुङ्गा सडकखण्ड थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले आज...