साइकलबाट लडेर पुरुषको मृत्यु
काठमाडौं । महोत्तरीको गौशाला–फुल्काहा सडकखण्डमा बिहीबार साइकलबाट लडेर एक पुरुषको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टका अनुसार गौशाला नगरपालिका-६ स्थित भित्री सडकखण्डमा फुल्काहाबाट गौशालातर्फ आउँदै गर्दा साइकलबाट लडेर ती पुरुषको मृत्यु भएको हो।
उनको परिचय खुल्न नसकेको उनले बताए।
साइकलबाट लडेर घाइते भएका ती व्यक्तिलाई नगर अस्पताल गौशाला पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
उनको शव नगर अस्पताल गौशालामै राखिएको प्रहरीले जनाएको छ। रासस
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
जेनजी घाइते भेट्न गृहमन्त्री केएमसीमा
काठमाडौं। गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न केएमसी अस्पताल पुग्नुभएको छ। घाइतेहरूलाई पूर्व सांसद डा. सुनिल शर्माले निःशुल्क...
सिरियामा ५५ लाख विस्थापित, १ करोड ३३ लाख खाद्य असुरक्षामाः संयुक्त राष्ट्र संघ
सिरियाले विश्वकै सबैभन्दा ठूलो विस्थापन संकटको सामना गरिरहेको संयुक्त राष्ट्र संघका वरिष्ठ अधिकारीहरूले बताएका छन्। राष्ट्र संघकाअनुसार हाल सिरियामा...
एमालेको आकस्मिक सचिवालय बैठक बस्दै
काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। प्रतिनिधिसभाको बिहीबारको पहिलो बैठकमा कार्यावाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’...
मुग्लिन-नागढुङ्गा सडकखण्ड रातिमा थप तीन दिन बन्द
काठमाडौँ। मुग्लिन-नागढुङ्गा सडकखण्ड थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले आज...




