जेनजी घाइते भेट्न गृहमन्त्री केएमसीमा
काठमाडौं। गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न केएमसी अस्पताल पुग्नुभएको छ। घाइतेहरूलाई पूर्व सांसद डा. सुनिल शर्माले निःशुल्क उपचार सेवा दिँदै आउनुभएको छ।
सो क्रममा अधिकांश घाइतेहरूको निःशुल्क उपचार गरेको भन्दै केएमसीका सञ्चालक डा. सुनिल शर्मालाई गृहमन्त्री गुरुङले धन्यवाद दिनुभएको छ।
गृह मन्त्रालय सम्हालेकै दिनदेखि निरन्तर काममा देखिनुभएका मन्त्री गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण सक्नेबित्तिकै सिधै केएमसी अस्पताल जानुभएको थियो। डा. सुनिल शर्मालाई भेटेर उहाँले घाइतेहरूको अवस्था समेत बुझ्नुभएको थियो। अधिकांश घाइतेहरू डिस्चार्ज भइसकेका छन् भने केही घाइतेहरू अझै होसमा नआएकाले अस्पतालमै राखेर निःशुल्क उपचार भइरहेको डा. शर्माले बताउनुभयो।
शर्माले भन्नुभयो, “तपाईं आउनुभयो, बिरामीको अवस्था पनि बुझिरहनुभएको छ। यहाँ घाइते भएका सबैको उपचार मैले निःशुल्क गर्ने व्यवस्था मिलाएको छु।”
गृहमन्त्री गुरुङले जेनजीका घाइतेहरूको घाउमा मलम लगाएकोमा धन्यवाद दिनुभयो। मन्त्री गुरुङ राति करिब १० बजे अस्पताल पुग्नुभएको थियो। भेट्नेबित्तिकै उहाँले भन्नुभयो, “तपाईंले घाइतेहरूलाई मात्र होइन, उहाँहरूको परिवारको आँसु पनि पुछिदिनुभएको छ। यो सेवामा कमी नहोस्, तपाईंप्रति सधैं सम्मान छ।” मन्त्री गुरुङले अंकमाल गर्दै धन्यवाद समेत व्यक्त गर्नुभएको थियो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
सिरियामा ५५ लाख विस्थापित, १ करोड ३३ लाख खाद्य असुरक्षामाः संयुक्त राष्ट्र संघ
सिरियाले विश्वकै सबैभन्दा ठूलो विस्थापन संकटको सामना गरिरहेको संयुक्त राष्ट्र संघका वरिष्ठ अधिकारीहरूले बताएका छन्। राष्ट्र संघकाअनुसार हाल सिरियामा...
साइकलबाट लडेर पुरुषको मृत्यु
काठमाडौं । महोत्तरीको गौशाला–फुल्काहा सडकखण्डमा बिहीबार साइकलबाट लडेर एक पुरुषको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...
एमालेको आकस्मिक सचिवालय बैठक बस्दै
काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। प्रतिनिधिसभाको बिहीबारको पहिलो बैठकमा कार्यावाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’...
मुग्लिन-नागढुङ्गा सडकखण्ड रातिमा थप तीन दिन बन्द
काठमाडौँ। मुग्लिन-नागढुङ्गा सडकखण्ड थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले आज...




