बीपी राजमार्गमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते
कमलामाई। सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बीपी राजमार्गमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।
काठमाडौंबाट काँकडभित्तातर्फ आउँदै गरेको बा४ख ५०५२ नम्बरको माइक्रोबस र खुर्कोटबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २२९७ नम्बरको बस एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा माइक्रोबसका चालक ललितपुर महानगरपालिका–१५ का ३८ वर्षीय गजबहादुर मगर, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–९ की ३० वर्षीया अनिता न्यौपाने र ३२ वर्षीय प्रविण तिवारी तथा ठेगाना नखुलेका प्रशान्त केसी गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । चालक मगरको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बले ५ दिनमा हिरासतमा रहने
काठमाडौं। कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ।...
सातामा ‘दुई दिन बिदा’ स्थायी रूपमै लागू गरौँ : बाबुराम भट्टराई
काठमाडौँ। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय वैज्ञानिक रहेको बताउनुभएको छ। समामाजिक सञ्जालमार्फत...
सभामुख अर्यालले लिनुभयो पद तथा गोपनीयताको शपथ
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनिर्वाचित प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति कार्यालय, शीतल...
खुल्यो डिजेल-पेट्रोलका सवारीलाई विद्युतीय गाडीमा परिणत गर्ने बाटो
काठमाडौँ। सरकारले डिजेल र पेट्रोलका सवारी साधनलाई विद्युतीय गाडीमा परिणत गर्ने बाटो खुला गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले...




