सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्यामा कडाइ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचनामार्फत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यहरुको पछिल्लो प्रगति विवरण सार्वजनिक गर्दै ३२ अस्पताल (१९ निजी र १३ सरकारी) का १० प्रतिशत शय्यामा निःशुल्क उपचार प्रदान गरिएको जानकारी गराएको हो।
सरकारले विपन्न, असहाय तथा बेवारिसे बिरामीले अस्पताल सेवामा पहुँच नपाउने, आर्थिक कारणले उपचारबाट वञ्चित अवस्थाको अन्त्य गर्न र निजी–सरकारी दुवै क्षेत्रमा सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्न सरकारी तथा निजी अस्पतालका कूल शय्यामध्ये कम्तीमा १० प्रतिशत निःशुल्क उपलब्ध गराउने व्यवस्था कडाइका साथ तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
जसअनुसार वीर अस्पताल, गङ्गालाल हृदय केन्द्र, कान्ति बाल अस्पताल लगायतका अस्पतालहरूमा सेवाको गुणस्तर सुधारका लागि अनुगमन गरी आवश्यक सुधारका लागि पृष्ठपोषण गरिएको मन्त्रालयले जनाएको छ।
साथै, अस्पताल सेवा सुधार निर्देशिकाको प्रारम्भिक मस्यौदा तयार गरिएको छ। सुदूरपश्चिम प्रदेशको टीकापुर, महाकाली र सेती प्रादेशिक अस्पतालका साथै मधेस प्रदेशको कलैया अस्पतालमा जलन वार्ड स्थापना तथा सेवा सञ्चालनको तयारी सुरु गरिएको छ।
साथै, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरमा अवरुद्ध रहेको जलन उपचार सेवा पुनःसञ्चालन गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
संसदीय दलको राजनीतिमा हस्तक्षेप थिएन, सञ्चारमाध्यममा आएका अभिव्यक्ति खेदजनक : एमाले
काठमाडौँ । नेकपा एमालेले चैत १८ गते सम्पन्न नेकपा (एमाले), संसदीय दल नेताको निर्वाचनका सम्बन्धमा सार्वजनिक सञ्चारमाध्यममा आएका प्रतिक्रियाहरू...
हाइस गाडीको ठक्करबाट बालकको मृत्यु
नेपालगनज। बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटेपरीमा हाइस गाडीको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ। स्थानीय पाँच वर्षीय सुगन...
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दीपा दाहाल नियुक्त
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा खोजपत्रकार, लेखक एवं लेक्चरर दीपा दाहाल नियुक्त हुनुभएको छ। प्रधानमन्त्रीको...
सभामुखको शपथ आइतबार
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी)ले पद तथा गोपनीयताको शपथ आइतबार(चैत २२) लिने हुनुभडछ । राष्ट्रपति कार्यालय शीतल...




