साताको प्रहरी अप्रेशन : १८९ जना पक्राउ
काठमाडौँ। काठमाडौँ प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न क्षेत्रमा गुण्डागर्दी एवं यात्रुलाई दुःख दिने एक सय ८९ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले एक साताको अवधिमा उनीहरूलाई पक्राउ गरी कानुनी कारबाही थालिएको जानकारी दिनुभयो। पछिल्लो २४ घण्टामा मात्रै एक सय ५० जना पक्राउ गरिएको उहाँले बताउनुभयो।
प्रहरी उपरीक्षक भट्टराईले भन्नुभयो,“मुख्यगरी सार्वजनिक सेवा प्रवाह नाममा दुःख, हैरानी दिने, सार्वजनिकस्थल बसपार्क, विमानस्थल, यातायात कार्यालयमा बिचौलिया प्रकृतिका गतिविधि गर्ने तथा विभिन्न ठाउँमा गुण्डागर्दी गर्नेहरूमाथि अपरेशन चलाएका हौँ, यो अभियान जारी छ।”
उहाँका अनुसार रात्रिकालीन व्यवसाय हुने क्षेत्रमा निगरानी भइरहेको र त्यस क्रममा नितान्त गुण्डागर्दीमा संलग्न १६ जनालाई पक्राउ गरिएको छ। पक्राउ परेका सबै जनामाथि अनुसन्धान भइरहेको र उनीहरूको संलग्नताका आधारमा कानुनी कारबाही गरिने प्रवक्ता भट्टराईले बताउनुभयो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले बिचौलिया, विभिन्न नाममा नागरिकलाई दुःख दिने, दुव्र्यवहार गर्ने तथा आपराधिक गतिविधिमा संलग्न हुनेविरुद्ध कारबाही चलाउन देशभरका प्रहरी कार्यालयमा परिपत्र जारी गरिसकेको बताउनुभयो। सोही अनुसार प्रहरी टोली परिचालन भई काम अगाडि बढेको उनले जानकारी दिनुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ट्रम्पको धम्की: सम्झौताका लागि अब इरानसँग ४८ घण्टा मात्र बाँकी छ
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘सम्झौता गर्न वा होर्मुज स्ट्रेट खोल्न’ दिएको समय अब ४८ घण्टा मात्र बाँकी रहेको...
राष्ट्रिय स्वाधीनता संकटमा, देशभक्तहरूको मोर्चाबन्दी गरौँ : लिलामणि पोखरेल
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता लिलामणि पोखरेलले नेपालको राष्ट्रिय स्वतन्त्रता र स्वाधीनता संकटपूर्ण स्थितिमा रहेको बताउनुभएको छ। उहाँले यो...
आन्तरिक सामर्थ्य बलियो नभए बाह्य शक्तिले खेल्छन् : पूर्वपरराष्ट्रमन्त्री साउद
काठमाडौँ। नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालको परराष्ट्र नीति राष्ट्रिय हित, सुरक्षा र आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्नेमा...
मापसे गरेर सवारी चलाउने ९ पक्राउ
काठमाडौं। मादक पदार्थ सेवन गरेर सार्वजनिक सवारी साधन चलाउने नौ जना चालकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक...




