मुख्य समाचार
२२ चैत २०८२ ७:३३
खबर सेवा · More from author
सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्ने
खबर सेवा
काठमाडौँ। सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठक बस्नेछ । आजको बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्’भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
शुक्रबार अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भइसक्नुभएको छ । अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपाका सभापति एवं सांसद रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहनुभएको छ । आजको बैठकमा ‘सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यक्रम रहेको छ ।
त्यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यको नाम मनोनयन तथा हेरफेर गर्नुहुनेछ । त्यस्तै, सभाध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकमा अध्यक्षतामा गर्ने सदस्यहरूको नाम मनोनयन गर्नुहुनेछ ।
कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाहले महिला आयोगको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन पेस गर्नुहुने कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
–––
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बले ५ दिनमा हिरासतमा रहने
काठमाडौं। कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ।...
२२ चैत २०८२ १९:०१
सातामा ‘दुई दिन बिदा’ स्थायी रूपमै लागू गरौँ : बाबुराम भट्टराई
काठमाडौँ। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय वैज्ञानिक रहेको बताउनुभएको छ। समामाजिक सञ्जालमार्फत...
२२ चैत २०८२ १८:५६
सभामुख अर्यालले लिनुभयो पद तथा गोपनीयताको शपथ
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनिर्वाचित प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति कार्यालय, शीतल...
२२ चैत २०८२ १५:५७
खुल्यो डिजेल-पेट्रोलका सवारीलाई विद्युतीय गाडीमा परिणत गर्ने बाटो
काठमाडौँ। सरकारले डिजेल र पेट्रोलका सवारी साधनलाई विद्युतीय गाडीमा परिणत गर्ने बाटो खुला गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले...
२२ चैत २०८२ १५:५३




