बले ५ दिनमा हिरासतमा रहने
काठमाडौं। कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ।
अमेरिका बस्ने एक युवतीले सामाजिक सञ्जालमार्फत लगाएको ‘जबरजस्ती करणी’को गम्भीर आरोपमा पक्राउ परेका बलेमाथि प्रहरीले तत्कालका लागि ‘अभद्र व्यवहार’को मुद्दासँग मिल्ने गरी सार्वजनिक शान्ति विरुद्धको कसुरमा म्याद थप गरेको हो।
शनिबार कपनको बालुवाखानीस्थित निवासबाटै पक्राउ परेका बले अहिले जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा छन्।
अमेरिका बस्दै आएकी संगम विष्टले सामाजिक सञ्जालमा सार्वजनिक रूपमै आफ्नो परिचय खुलाएर बलेले आफूलाई जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन्। सोही आरोप सार्वजनिक भएलगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
आरोप गम्भीर, जाहेरी शून्य
सामाजिक सञ्जालमा चर्चा चुलिए पनि प्रहरीमा भने अहिलेसम्म बलेविरुद्ध कुनै किटानी जाहेरी परेको छैन। हिरासतमा राख्नका लागि उनविरूद्ध ‘सार्वजनिक शान्ति विरुद्धको कसुर’को अभियोग लगाइएको छ।
सामाजिक सञ्जालमा आएको आरोपका आधारमा मात्रै जबरजस्ती करणीमा मुद्दा चलाउन कानुनी जटिलता छ। आरोप लगाउने युवती अमेरिकामा छिन् र घटना पनि उतै भएको भनिएको छ।
घटनास्थल अमेरिका भएकाले प्रमाण संकलन र प्राविधिक अनुसन्धान प्रहरीका लागि चुनौतीपूर्ण हुने देखिन्छ। कानुनी प्रावधानअनुसार पीडित वा सरोकारवालाले काठमाडौँमै जाहेरी दिएको खण्डमा मात्रै जबरजस्ती करणीको मुद्दाले औपचारिक रूप लिनेछ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
सातामा ‘दुई दिन बिदा’ स्थायी रूपमै लागू गरौँ : बाबुराम भट्टराई
काठमाडौँ। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय वैज्ञानिक रहेको बताउनुभएको छ। समामाजिक सञ्जालमार्फत...
सभामुख अर्यालले लिनुभयो पद तथा गोपनीयताको शपथ
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनिर्वाचित प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति कार्यालय, शीतल...
खुल्यो डिजेल-पेट्रोलका सवारीलाई विद्युतीय गाडीमा परिणत गर्ने बाटो
काठमाडौँ। सरकारले डिजेल र पेट्रोलका सवारी साधनलाई विद्युतीय गाडीमा परिणत गर्ने बाटो खुला गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले...
सभामुखमा अर्याल निर्वाचित निर्वाचित
काठमाडौँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा...




