३३ जना बिचौलियालाई प्रहरी नियन्त्रणमा
जनकपुरधा । मधेश प्रदेशका विभिन्न सरकारी कार्यालयहरूमा सक्रिय ३३ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सेवाग्राहीलाई अनुचित प्रभावमा पार्दै आर्थिक शोषण गर्ने गुनासो बढेपछि मधेश प्रदेश प्रहरी कार्यालयले विशेष निगरानी गर्दै ति बिचौलियालाई नियन्त्रण लिई कारबाही अघि बढाएको हो ।
मधेश प्रहरी कार्यालयद्वारा मङ्गलबार जारी विज्ञप्ति अनुसार पर्साको वीरगन्जस्थित यातायात व्यवस्था कार्यालयबाट चार जना, मालपोत कार्यालयबाट तीन जना, रौतहटको गौरस्थित मालपोत कार्यालयबाट पाँच जना, चन्द्रपुर मालपोत कार्यालयबाट दुई जना, सर्लाहीको मलङ्गवा ट्रायल सेन्टरबाट दुई जना, मलङ्गवा मालपोत कार्यालयबाट नौ जना, धनुषाका विभिन्न सरकारी कार्यालयबाट चार जना र सप्तरीका विभिन्न कार्यालयबाट चार जना गरी कुल ३३ जनालाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्ने व्यक्तिहरूले सर्वसाधारणलाई छिटो सेवा दिलाइदिने बहानामा अतिरिक्त रकम असुल्ने, गलत सूचना दिने तथा सेवा प्रवाहमा अनियमितता ल्याउने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयले सम्बन्धित निकायहरूसँग समन्वय गर्दै अन्य संलग्न व्यक्तिहरूको खोजी तथा नियन्त्रण प्रक्रिया जारी राखेको जनाएको छ।आम नागरिकलाई सरकारी सेवा लिँदा कुनै पनि बिचौलियाको प्रलोभनमा नपर्न आग्रह गर्दै यस्ता गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा जानकारी गराउन अपिल समेत गरेको छ ।
कार्यालयले यस्ता गैरकानुनी कार्यमा संलग्न जोकोहीलाई प्रचलित कानुन अनुसार कडा कारबाही गरिने चेतावनी समेत दिएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सहायक प्रवक्ता मानबहादुर राईले यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव : ‘सम्पूर्ण सभ्यता नै समाप्त हुने’ ट्रम्पको चेतावनी
वासिङ्टन। अमेरिका र इरानबिचको तनाव उत्कर्षमा पुगेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कठोर हमलाको चेतावनी दिनुभएको छ । स्ट्रेट...
फाप्ला क्रिकेट रंगशाला राष्ट्रिय गौरवको रुपमा अघि बढ्छ ; खेलकुदमन्त्री
कैलाली। धनगढीमा रहेको ‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम’लाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने शिक्षा विज्ञान तथा प्रविधि,...
आकासिँदो इन्धनको मूल्यले अफगानीहरूमाथि दबाब
काठमाडौँ। काबुलको व्यस्त सडकमा ३३ वर्षीय ट्याक्सी चालक अब्दुल मतीन आफ्नो कारको स्टेयरिङ पछाडि बसेर यात्रुहरूको प्रतीक्षा गरिरहेका छन्...
पूर्वी गाजा शहरमा इजरायली हवाई आक्रमणमा ४ प्यालेस्टाइनीको मृत्यु
काठमाडौँ। प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतकाअनुसार पूर्वी गाजा शहरको अल–तुफाह छिमेकलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा चार प्यालेस्टाइनीको...




