रेखा थापाको लगानीमा उपन्यास ‘सेतो धरती’ नाटक बन्दै
काठमाडौँ। लेखक तथा प्राज्ञ अमर न्यौपानेको उपन्यास ‘सेतो धरती’ लाई नाट्य रूपान्तरण गरिएको छ । मदन पुरस्कार विजेता प्रसिद्ध पुस्तकमा आधारित नाटक कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको हो । नाटकको मुख्य भूमिकामा अभिनेतृ बेनिशा हमाल रहनुभएको छ । हमालले यसै नाटकबाट रङ्गमञ्चमा डेब्यु गर्न लाग्नुभएको हो ।
नाटकको निर्माता अभिनेतृ रेखा थापा हुनुहुन्छ । नाटकमा कलाकार हमालसँगै थिएटर र कान्तिपुर फिल्म एकेडेमीका गरी ३० भन्दा बढी कलाकार एकै पटक मञ्चमा देखिँदै छन् । नाटक यही चैत २७ गते शुक्रबारदेखि वैशाख १९ गते शनिबारसम्म मञ्चन हुने छ । हाल रिहर्सल भइरहेको नाटक कान्तिपुर फिल्म एकेडेमीले कान्तिपुर थिएटरमार्फत रङ्गमञ्च, चलचित्र र साहित्यलाई जोड्ने उद्देश्यले चर्चित पुस्तकलाई नाटकका रूपमा प्रस्तुत गर्दै आएको एकेडेमीका प्रमुख कार्यकारी अधिकृत प्रकाश पुरीले बताउनुभयो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि लामिछानेलाई खुलापत्र
मिति : २०८२/१२/२४ आदरणिय सभापति ज्यू, रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी, विषय : महिला माथि हुने विभेदजन्य अभिव्यक्ति नियन्त्रणका...
अवैध क्रसर उद्योग तत्काल बन्द गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिनुभएको...
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
काठमाडौँ। सङ्घीय संसदका दुवै सदनको बैठक बुधबार बस्दैछ । निर्धारित कार्यतालिका अनुसार, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा...
छोरासहित आमाको शव मृत अवस्थामा फेला
काठमाडौं। जिल्लाको भानु नगरपालिका–६ पण्डिथरमा आज एक वर्षीय छोरासहित आमाको शव मृत अवस्थामा फेला परेको छ। सोही ठाउँ बस्ने...




