बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सर्लाही । पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित बागवानीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
शनिबार राति विराटनगरबाट काठमाडौं जाँदै गरेको लु।प।०३–००१ ख ०४३० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको प्र।२–०३–०१५ प ३३९६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका–१ छप्कैया घर भई हाल लालबन्दी–१ नवलपुर बस्दै आएका ३५ वर्षीय सुनिल महतो रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए ।
गम्भीर घाइते महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि बससहित चालक दाङको तुल्सीपुर नगरपालिका–९ बस्ने ३४ वर्षीय गणेश बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
झोलुंगे पुलबाट हाम फालेका एक किशोरको मृत्यु
काठमाडौँ। रूकुम पश्चिममा झोलुंगे पुलबाट हाम फालेका एक किशोरको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका १० टोड्के घर भई मुसिकोट...
सुनको भाउ बढ्यो
काठमाडौँ। सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार...
प्रधान सम्पादक नियुक्तिका लागि कान्तिपुरले गर्यो दरखास्त आह्वान
काठमाडौँ। कान्तिपुर मिडिया ग्रुपले कान्तिपुर दैनिकको प्रधान सम्पादक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। यसअघिका प्रधान सम्पादक उमेश चौहानले...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९आइतबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...




