संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेता छान्न केही समय लाग्ने बताएको छ । आईतवार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता मनिष झाले संसदीय दलको नेता छान्न केही समय लाग्ने जानकारी दिनुभएको हो । उहाँले पार्टी सभापति रवी लामिछाने अस्वस्थ रहेकोले संसदीय दलको नेता छान्ने प्रक्रियामा केही ढिलाई भएको बताउनुभयो।
उहाँले संसदीय दलको नेता बालेन्द्र साह नै हुने जानकारी दिनुभयो । पूर्वसहमति र प्रतिवद्धताबाट दायाँबायाँ नहुने उहाँको भनाई छ । उहाँले संसदीय दलको नेता छान्ने प्रक्रियाको लागी केन्द्रिय समितिको बैठक नै बस्नुपर्ने बताउनुभयो। दलको नेता छान्न आन्तरिक र अनौपचारिक रुपमा भने छलफल भईरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले केन्द्रिय समितिको बैठक कुनुपर्छ, आन्तरिक र अनौपचारिक हामीले त्यसमा छलफल गरेका छौँ । अझै पनि दलको नेता बनाउनको लागि हामीले प्रक्रियागत रुपमा अगाडी बढाउनको लागि केही नेताहरुको उपस्थितिको प्रतिक्षामा रहेको हुनाले स्वास्थ्य अवस्थाको कारण केही नेताहरुको उपस्थिति अझै पनि पर्खिनुपर्ने भएकोले हामीले कुरिरहेका छौँ । तर एउटा विषय स्पष्ट पारौँ, सोसंग सम्बन्धित, हामी त्यसमा जिम्मेवार छौँ र प्रतिवद्धता हामीले बिर्सेका छैनौ । त्यसैले केही तलमाथी होला की भन्ने आशंका नगरियोस् ।’
उहाँले दलको नेता चयनमा कुनै आशंका नगर्न पनि आग्रह गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका वरिष्ट नेता साहलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति गरेर पार्टीमा भित्र्याएको थियो । उक्त सहमति कार्यन्वयन गर्ने प्रवक्ता झाको भनाई छ । – न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
अप्रिलको चुनावअघि हंगेरीलाई ‘सुरक्षाको टापु’ बनाइराख्ने ओर्बानको वाचा
-
२.
मध्य गाजामा प्रहरीको गाडीमा इजरायली हवाई आक्रमण, ८ जनाको मृत्यु
-
३.
मेडागास्करका राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्री नियुक्त
-
४.
सोफोन जराम थाइल्याण्डको नयाँ सभामुखमा निर्वाचित
-
५.
निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमीक ५० हजारसम्म हुनसक्छः सिंह
ट्रेन्डिङ
सम्बन्धित समाचार
अप्रिलको चुनावअघि हंगेरीलाई ‘सुरक्षाको टापु’ बनाइराख्ने ओर्बानको वाचा
हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले आईतवार देशको १८४८ को क्रान्ति र स्वतन्त्रता संग्रामको वार्षिकोत्सवको अवसरमा आयोजित एक विशाल ¥यालीमा हंगेरीलाई...
मध्य गाजामा प्रहरीको गाडीमा इजरायली हवाई आक्रमण, ८ जनाको मृत्यु
मध्य गाजाको अल–जवायदा शहरको प्रवेशद्वार नजिकै प्रहरीको गाडीलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा आठ जनाको मृत्यु भएको गाजाको...
मेडागास्करका राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्री नियुक्त
मेडागास्करका राष्ट्रपति माइकल रान्ड्रियानिरिनाले आईतवार मामिटियाना राजोनारिसनलाई प्रधानमन्त्रीको रूपमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भवनमा भएको नियुक्ति समारोहमा रान्ड्रियानिरिनाले...
सोफोन जराम थाइल्याण्डको नयाँ सभामुखमा निर्वाचित
भुमजैथाई पार्टीका सांसद सोफोन जराम आईतवार थाइल्याण्डको प्रतिनिधि सभाको नयाँ सभामुखमा निर्वाचित हुनुभएको छ । थाई संविधानअनुसार प्रतिनिधि सभाका...




