छ वर्ष कैद र २२ करोड जरिवाना तोकिएका श्रेष्ठ पक्राउ
काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष नागार्जुन नगरपालिका–५ सीतापाइला बस्ने काठमाडौँ महानगरपालिका–२४ वटु घर भएका ६९ वर्षीय योगेन्द्रप्रसाद श्रेष्ठ रहेका केन्द्रीय प्रहरी प्रबक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो।
पक्राउ परेका श्रेष्ठ समेतले नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडसँग सम्बद्ध रही अनियमित एवं गैरकानुनी तवरले निक्षेपकर्ता एवं संस्थाको हित विपरीत हुने कार्य गरी बैङ्किङ कसुरमा संलग्न रहेको हुँदा सर्वोच्च अदालतको २०८१ भदौ ५ गतेको फैसलाले श्रेष्ठलाई दुईवटा मुद्दामा क्रमशः १९ करोड ४६ लाख एक हजार ६६२ दशमलव ३९ पैसा जरिवाना, तीन वर्ष कैद र तीन करोड २१ लाख ३९ हजार ६८१ दशमलव ५१ पैसा जरिवाना तथा तीन वर्ष कैद सजाय ठहर गरेको प्रहरीले जनाएको छ।
उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ प्रवक्ता काफ्लेले बताउनुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
जनताप्रतिको सेवाभावमा कमी हुँदैन : ओली
-
२.
‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’
-
३.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
-
४.
औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता वृद्धि गरिने
-
५.
विदेशी मुद्रा सञ्चिति नाघ्यो ३३ खर्ब, २१ महिनाको आयात धान्ने
सम्बन्धित समाचार
कालीकोटमा करेन्ट लागेर एकको मृत्यु
कालीकोट । कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका–८ बाँखरकोटका ५० वर्षीया मन बरालको करेन्ट...
ग्लोबल बैंकले विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रम आयोजना गर्ने
काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रम आयोजना...
बढ्यो सुनको भाउ
काठमाडौँ । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि तोकेको...
अप्रिलको चुनावअघि हंगेरीलाई ‘सुरक्षाको टापु’ बनाइराख्ने ओर्बानको वाचा
हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले आईतवार देशको १८४८ को क्रान्ति र स्वतन्त्रता संग्रामको वार्षिकोत्सवको अवसरमा आयोजित एक विशाल ¥यालीमा हंगेरीलाई...




