विद्युतीय कारबाट फैलिएको आगोले ७ जनाको मृत्यु
भारतको मध्य प्रदेशको एउटा घरमा बुधवार आगलागी हुँदा कम्तिमा सात जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
आगलागीको घटनामा केही व्यक्तिहरू घाइते भएको पुटि गर्दै एक दम्पतीको अवस्था गम्भीर रहेको प्रहरीले बताइएको छ।
दुर्घटना मध्य प्रदेशको इन्दौर सहरमा स्थानीय समय अनुसार विहान करिब चार बजे भएको हो।
अग्नि नियन्त्रकहरूले आगो नियन्त्रणमा लिए पछि घटनास्थलबाट सात जनाको शवको बरामद गरेको गर्नुका साथै घाइतेहरूलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको जनाइएको छ।
प्रहरीका अनुसार विद्युतीय कारको चार्जरमा सर्किट सर्ट भएका कारण आगलागी भएको हो।
विस्पोट हुँदा नजिकै राखिएका पेट्रोलियम सिलिन्डरमा आगलागि हुँदा घर भित्र छिटै आगो फौलिएको जनाइएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
पराजयपछि कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। चुनावमा पराजयपछि कांग्रेसले पहिलोपटक केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो। बैठक...
क्युबाविरुद्ध कारबाही गर्ने ट्रम्पको धम्की
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल निर्यात रोकिए पछि बढ्दो विद्युत सङ्कटको सामना गरिरहेको अवस्थामा क्युबाको सरकार विरुद्ध तत्काल...
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुवै बढ्दै : संयुक्त राष्ट्र संघ
काठमाडौँ। मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण विश्वभरि भोकमरीको समस्या झन् गम्भीर बन्ने जोखिम रहेको संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ। संयुक्त...
राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुन आवश्यकः अर्थमन्त्री खनाल
काठमाडौँ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले उपलब्ध तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गरी राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । नागरिक...




