मुख्य समाचार

उपदेश यादव : जसले जिते अखिल क्रान्तिकारीमा इतिहास बन्ने छ

काठमाडौँ। लामो समयपछि हुन लागेको अखिल क्रान्तिकारीको नेतृत्व चयन प्रक्रिया भोलि(शनिबार) हुँदैछ। २१०० प्रतिनिधिले मतदान गर्दै अध्यक्ष चुन्नेछन्। रोचक कुरा चाहिँ, क्रान्तिकारीमा पहिलो पटक ५ जना प्रतिस्पर्धी अध्यक्षको उम्मेदवारी दिएका छन्। यसअघि हेडक्वार्टरबाट एकाएक नाम निकालेर अध्यक्ष घोषणा गर्दा क्रान्तिकारीमा तनावग्रस्त भयो। पार्टी नेतृत्व त्यो घटनासँग सचेत हुँदै यसपटक चुनावी बाटो तय भयो।

विश्वमणि थापाले उम्मेदवारी फिर्ता गर्दा अब मैदानमा विजयप्रकाश सापकोटा, उपदेश यादव, योगेन्द्र बुढा, सुदिन पौडेल र हेमन्त राईले चुनाव लड्दैछन्। यी मध्ये कसैलाई पनि कम अनुमान गर्न सकिन्न। यसपटक यी मध्ये उपदेश अरूभन्दा फरक छन्। यदि उनले जितेमा इतिहास बन्नेछ। इतिहासमा अखिल क्रान्तिकारीमा मधेशी समुदायबाट कोही अध्यक्ष बनेका छैनन्। यदि उपदेशमा जित हत्याउन सके त्यो इतिहास बन्नेछ। उनलाई मधेशका अधिकांश नेताले समर्थन गरेका छन्। उनीनिकट स्रोतका अनुसार उपदेशलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ग्रिन सिग्नल छ। यही कारण पनि उनी आफू बलियो दाबेदार भएको दाबी गरिरहेका छन्।

रौतहटमा जन्मिएका उनी विसं २०६७ सालमा उपत्यकास्थित क्रान्तिकारीको एनसीआईटी कलेज मूल इकाई कमिटी सदस्य हुँदै विद्यार्थी राजनीतिमा छिरेका हुन्। उनी सोही कमिटीको दुई कार्यकाल उपाध्यक्ष हुंदै २०७० सालमा अध्यक्ष बने।

विसं २०६९ सालमा क्रान्तिकारी पोखरा विवि काठमाण्डौ उपत्यका जिल्ला सदस्य हुँदै २०७२ सालमा सचिव बनेका थिए। बिसं २०७३ मा क्रान्तिकारीको केन्द्रीय सदस्य बन्न सके। विसं २०७६ मा केन्द्रीय सदस्य, अनेरास्ववियू (एकता भएको वेला) र विसं २०७७ मा केन्द्रीय सदस्य, २०७७ मा सहसंयोजक, अखिल पोखरा विश्वविद्यालय समन्वय समिति, विसं २०७८ विद्यार्थी विशेष जिल्ला र महाशाखा समिति सदस्य, नेपाल कम्युनिष्ट पार्टी बने। यस्तै २०८० सालमा क्रान्तिकारीको सचिव बने।

प्रतिगमन विरोधी विद्यार्थी आन्दोलनमा अग्रणी भुमिका निर्वाह गदै आएका उनी अब सशक्त विद्यार्थी आन्दोलन हाक्ने बताउँछन्।
उनकै शब्दमा

हामी हाम्रो गौरवशाली संगठनको २३ औँ राष्ट्रिय सम्मेलनको नेतृत्व छनौट गर्न यही माघ १२ गते मतदान प्रक्रियामा जुट्दैछौं । मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको छु । यस सन्दर्भमा सर्वप्रथम हाम्रो संगठनका तत्कालीन उपाध्यक्ष वेनोज अधिकारी, तत्कालीन महासचिव पुर्ण पौडेल र जनयुद्धका प्रथम सहिद दिलवहादुर रम्तेल लगायतका हजारौं सहिद तथा वेपत्ता योद्धाहरुको त्याग, वलिदान र उत्सर्गले रक्क्तरञ्जित भएको क्रान्तिकारी झण्डालाई नयां उचाईमा उठाउने अठोट र संकल्प गर्न चाहन्छु ।

राज्यप्रणालीको परिकल्पना गरेको छ। हामीले हाम्रो शिक्षालाई समाजवादतिर फर्काउनु जरुरी छ। नेपालको औपचारिक शिक्षाका तीनवटा खुट्टाहरू हुन्। एउटा उच्च शिक्षा, दोस्रो विद्यालय शिक्षा, तेस्रो प्राविधिक शिक्षा।

यी तीनवटै खुट्टाहरुमा हामीले काम गर्नुपर्नेछ। विद्यालय शिक्षामा करिब ९७ प्रतिशत विद्यार्थी स्कुल पुगेका छन् , सँगसँगै स्कुल छोड्नेहरूको सङ्ख्या बढिरहेको छ । हामीले यहाँ काम गर्नुछ । प्राविधिक शिक्षामा रोजगार र सीप जोडिएको छैन । हामीले शिक्षालाई उत्पादनसँग, उत्पादनलाई रोजगारसँग र रोजगारलाई समृद्धिसँग जोड्नु छ। विश्वविद्यालय शिक्षा अनुसन्धानमुखी छैन । नेपाली समाजका मूल्य मान्यता परम्परा र आवश्यकता अनुसार खोज अनुसन्धानतिर केन्द्रित गर्नुपर्नेछ ।

आज एकथरी मानिसहरू विद्यार्थी आन्दोलनको औचित्य समाप्त भयो भनेर स्यालहुइयां गर्न खोजिरहेका छन् । के सांच्चै विद्यार्थी आन्दोलनको औचित्य सकिएको हो त रु यस्तो किमार्थ हुन सक्दैन । दुनियाँले सुन्ने, वुझ्ने र थाहा पाउने गरी हामीले हुंकारका साथ भन्न सक्नुपर्दछ ( जुनदिनसम्म नेपाली विद्यार्थी र शिक्षा क्षेत्रका समस्या समाधान हुंदैनन् , त्यसदिन सम्म विद्यार्थी आन्दोलनको औचित्य समाप्त हुंदैन । तर हामीले इतिहासको कठाघरामा उभिएर निर्मम समीक्षा गर्नैपर्दछ । यसविचमा कतै हामी अलमलमा त परेनौ रु कतै हामी अकर्मण्यतामा त फसेनौं रु कतै हामीले हाम्रा मुद्धा र कार्यसुची त भुलेनौं रु कतै वदलिएको परिस्थितिमा आफुलाई वदल्न त चुकेनौं ? यो ऐतिहासिक राष्ट्रिय सम्मेलनमा हामीमाथि इतिहासले सोधेका यी र यस्तै यक्ष प्रश्नहरुको जवाफ दिनुपरेको छ । हो त्यही जवाफ खोज्नका निमित्त देशभरका आम साथीहरुको सल्लाह, सुझाव र आग्रहमा आगामी ऐतिहासिक राष्ट्रिय सम्मेलनमा केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गर्दै तपाईँको अमूल्य मतको अपेक्षा राख्दछु ।

प्रिय प्रतिनिधि साथीहरू,
हाम्रा नेताहरूले स्वतन्त्र विद्यार्थी युनियनमा उमेरहद लगाउनुभयो । जसले स्वतन्त्र विद्यार्थी युनियन वास्तविक विद्यार्थीको साझा चौतारी बन्न पुग्यो। आज आएर हामीले हाम्रै सांगठनिक जीवनमाथि पनि लोकतन्त्रको उच्चतम् अभ्यास गर्दै उमेरहद लगाउने निर्णय गर्यौ ।
संगठनको दोस्रो तहमा रहेर काम गरिरहेका हामीहरूले संगठनको प्रमुखको भूमिका दाबी गर्ने अवसर पायौँ । संगठनका पहिलो तहका अग्रजहरू उमेर हदका कारणले यसपटक उम्मेदवार नै नबनी संगठनबाट बिदा हुनुभयो । उहाँहरूको लामो अनुभव र योगदान हामीलाई खट्किरहनेछ। हामी अग्रजको मार्गदर्शनमा नै नयां गन्तब्य तय गर्नेछौं ।

आगामी चैत ५ गते त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन घोषणा गरेको छ। नयाँ नेतृत्व छनोटसँगै नयाँ टिम स्ववियुको निर्वाचनमा लाग्नुपर्नेछ । नयाँ टिमको लागि यो पहिलो परीक्षा पनि हुनेछ। त्रिविका सम्पूर्ण शैक्षिक संस्थाहरूमा संगठनको नेतृत्वलाई स्थापित गर्दै स्ववियुमा संगठनको क्रान्तिकारी झण्डा फरफराउनुपर्नेछ । जनताका छोराछोरीहरूलाई क्रान्तिकारी बनाउनुपर्नेछ। यसकारण यो प्रतिस्पर्धा वर्ग बैरीहरूसँगको प्रतिस्पर्धा होइन। आन्तरिक जीवनको प्रतिस्पर्धा भएकोले यसलाई स्वस्थ मर्यादित र कमरेडली बनाउँदै अघि बढौं।

सम्बन्धित समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...