आज शनिबार, कस्तो छ त हजुरको भाग्यफल?
आज शनिबार, १२ माघ २०८१
मेष : अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ। पढाइलेखाइमा प्रगति गर्न नसकिने देखिन्छ। राम्रै काम गरे पनि कार्यमा अवरोध आउला। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुनेछ।
वृष : आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। नवीन लक्ष्यप्राप्तिका योग देखिन्छन्। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। चलाखीपूर्ण बोलीले काम सफल हुनेछ। घरमा अतिथिको आगमन होला।
मिथुन : आफन्त, सहयोगी र मित्र वर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुन सक्छ। शुभचिन्तकले पूर्ण साथ दिनेछन्। ठीक समयमा सही निर्णय लिन सकिएला। पढाइलेखाइमा प्रगति गर्न नसकिने देखिन्छ। पुनर्मिलनको योग छ।
कर्कट : धार्मिक तथा सामाजिक महत्वको क्षेत्रमा भ्रमण हुन सक्छ। रोकिएको कामले पूर्णता पाउनेछ। मन पर्ने व्यक्तिसँगको भेटघाटले कार्यक्षेत्रमा उत्साह जगाउनेछ। धैर्य एवं लगनशीलताले बढी अवसर दिलाउनेछ।
सिंह : दिन मध्यम रहनेछ। दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती कार्य गर्न पुगिएला सचेत रहनु पर्छ। स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। महत्त्वाकाङ्क्षी योजना भने गोप्य राखेर अघि बढ्नु होला।
कन्या : साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अध्ययन अध्यापनको क्षेत्र सबल रहला। धनार्जनका नयाँ स्रोत फेला पर्नेछन्। धर्म तथा समाजसेवामा मन लाग्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्।
तुला : पुनर्मिलनको योग छ। रमाइलो पारिवारिक जमघट हुनेछ। अभिभावकले सन्तुष्टि जनाउनेछन्। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। शुभ समाचार सुन्न पाइनेछ। शुभकार्यको चर्चा चल्नेछ।
वृश्चिक : अधुरा काम फत्ते हुनेछन्। तार्किक क्षमता बढ्नेछ। बोलीको प्रभावले स्वरोजगार भइनेछ। वैदेशिक काम र प्रक्रिया सहजै अघि बढ्नेछन्। न्यायिक कार्यमा सफलता मिल्नेछ। घरमा पाहुनाको आगमन हुनेछ।
धनु : निर्णय कार्यान्वयन हुन गाह्रो पर्ला। मनमा दुबिधा उत्पन्न हुनेछ। महत्त्वपूर्ण अवसर गुम्न सक्छ। राम्रै काम गरे पनि अवरोध आउनेछ। साँझमा भने प्रतिष्ठित व्यक्तिसँगको अन्तरक्रियाले मनोबल उच्च बनाउनेछ।
मकर : राजनीति तथा समाजसेवामा जनताको समर्थन पाइनेछ। यसो हुँदा सार्वजनिक पद पाउने सम्भावना छ। बोलीको भरमा सङ्कल्पसिद्ध हुनेछ। पर्यटकीयस्थलको भ्रमणले मन लोभ्याउनेछ। शुभ समाचार सुन्नमा आउला।
कुम्भ : कुनै समाचारले मनमा शान्ति छाउनेछ। परोपकारका क्षेत्रमा लगानीको समय छ। लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। भौतिक सुख मिल्नुका साथै बोलीको प्रभावमा वृद्धि हुने देखिन्छ।
मीन : गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ। चलाखीपूर्ण बोलीले सङ्कल्पसिद्ध हुनेछ। समाजसेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ। कूटनीतिक नियोगको सहयोग मिल्ला।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ
महेन्द्रनगर। एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई जनालाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनभित्र...
ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका...
मध्यपूर्वमा सैन्य गतिविधिहरू तुरुन्त रोक्न आह्वान गर्ने प्रश्ताव संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट पारित गर्न असफल
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले बुधवार मध्यपूर्व र सोभन्दा बाहिरका सबै पक्षहरूलाई आफ्ना सैन्य गतिविधिहरू तुरुन्त रोक्न, थप तनाव नबढाउन...
प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी
निर्वाचन आयोगले करोडौं रकम खर्च गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा...




