मुख्य समाचार

अखिल क्रान्तिकारी : प्रचण्डका उम्मेदवारसँग भिड्दैछन् वर्षमान र जनार्दन, कसले जित्ला बाजी

काठमाडौँ। नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको पदाधिकारी चयनका लागि आज मतदान हुँदैछ।

क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तर्गत अध्यक्षसहितका पदाधिकारी र केन्द्रीय सदस्य चयनको लागि आज (शनिबार) निर्वाचन हुन लागेको हो। बिहान ८ देखि बेलुका ६ बजेसम्म सात भौगोलिकसहित दुई गैरभौगोलिक प्रदेशबाट मतदान हुने क्रान्तिकारीले जनाएको छ।

क्रान्तिकारीको अध्यक्षमा पाँच जनाको उम्मेदवारी कायम भएको छ। जसमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई, विजयप्रकाश शर्मा र योगेन्द्र बुढा रहेका छन्।

पार्टीका वरिष्ठ उपाध्यक्ष नाराणकाजी श्रेष्ठ निकटका उपदेश यादव, उपमहासचिव बस्नेत निकटका विजय सापकोटा, वर्षमान पुन निकटका सुदिन पौडेल र जनार्दन शर्मा निकटका हेमन्त राईको उम्मेदवारी कायम छ। सापकोटा प्रचण्डका पनि उम्मेदवार हुन्। प्रचण्डका उम्मेदवार भएकाले सापकोटालाई हेडक्वार्टरका उम्मेदवार भनेर प्रचार गरिरहिएको छ।

सम्बन्धित समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...