मुख्य समाचार

प्रधानमन्त्रीको शपथ चैत १३ मा

काठमाडौँ। प्रधानमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको शपथको मिति तय भएको छ ।

रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीचको छलफलले प्रधानमन्त्रीमा शाहले शपथ लिने मिति तय गरेको हो ।

रास्वपा उपसभापति वाग्लेका अनुसार चैत १३ मा शाहले प्रधानमन्त्री पदको शपथ लिने तय गरिएको हो । ‘चैत १२ गते सांसदहरूको शपथ हुन्छ, चैत १३ गते प्रधानमन्त्रीको शपथ हुन्छ,’ उपसभापति वाग्लेले भन्नुुभयो।

वाग्लेले पार्टीका चार नेताबीच ‘राजकाज’का सम्बन्धमा छलफल भएको यसअघि नै जानकारी दिनुभयो ।

सांसदहरूको चैत १२ गते दिउँसो २ बजे शपथ लिने कार्यक्रम तय भएको छ । सांसदको शपथ लिएपछि मात्रै प्रधानमन्त्रीमा शाहले चैत १३ गते शपथ लिने तय भएको हो ।

रास्वपाका शीर्ष नेताहरूको छलफलमा चैत १३ गते नै मन्त्रीहरूको शपथ गराउने तयारी भएको छ ।

सम्बन्धित समाचार

उद्योग वाणिज्य महासंघको साधारणसभा र निर्वाचन २९ र ३० गते

उद्योग वाणिज्य महासंघको साधारणसभा र निर्वाचन २९ र ३० गते

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा र निर्वाचन यही चैत २९ र ३० गते हुने भएको छ।...

राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस

राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को...

अधिवेशन स्थगित गर्न राखेपले लेख्यो एन्फालाई पत्र

अधिवेशन स्थगित गर्न राखेपले लेख्यो एन्फालाई पत्र

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निर्वाचन स्थगित गरी जानकारी दिन पत्र पठाएको छ।...

ऊर्जा संरचना आक्रमणले चर्कियो मध्यपूर्व युद्ध

ऊर्जा संरचना आक्रमणले चर्कियो मध्यपूर्व युद्ध

मध्यपूर्वमा जारी युद्ध ऊर्जा पूर्वाधारलाई लक्षित आक्रमणसँगै थप गम्भीर मोडमा पुगेको छ। कतारको प्रमुख ग्यास हब रस लाफानमा इरानी...