शुक्रबार, फाल्गुन ३०, २०८१
English
Follow us:

पाथीभरामा राज्यपक्षले दमन गरेको राजेन्द्र महतोको गुनासो

पाथीभरामा राज्यपक्षले दमन गरेको राजेन्द्र महतोको गुनासो

  • खबर सेवा

  • आइतवार, माघ १३, २०८१

  • 77
    SHARES
पाथीभरामा राज्यपक्षले दमन गरेको राजेन्द्र महतोको गुनासो
राजेन्द्र महतो। तस्बिर : किशोर गुरु

काठमाडौँ। ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकारमा राज्यपक्षबाट दमन गरिएको भन्दै राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले आपत्ति जनाएको छ। शनिबार साँझ भएको घटनामा प्रहरीले गोली प्रहार गरेर चारजना घाइते बनाएकोप्रति मुक्त पार्टीले आपत्ति जनाएको हो। घटनामा घाइते हुनेमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा र मंगल लावती रहेका छन्। उनीहरूको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जनाइएको छ।

घटनाप्रति गहिरो आक्रोश व्यक्त गर्दै राष्ट्रिय मुक्ति पार्टी नेपालले प्रहरीद्वारा गरिएको बर्बर दमनको कडा निन्दा गरेको छ। पार्टीले विज्ञप्ति जारी गर्दै घाइते आन्दोलनकारीहरूको शीघ्र उपचार र न्यायको माग गरेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology