मुख्य समाचार

लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ

काठमाडौं। नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित विभिन्न स्थानबाट २६ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचारकक्षकाअनुसार बैंककबाट नेपाल एयरलाइन्सको विमानमा आएका एक जना भारतीय नागरिकलाई पाँच किलो गाँजासहित त्रिभुवन अन्तरराष्ट्रिय आगमन कक्षबाट पक्राउ गरिएको हो।

यसैगरी, काठमाडौँ महानगरपालिका–३२ नरेफाँटबाट एक जना, नागार्जुन नगरपालिका–६ शरणपुरचोकबाट ७३ किलो गाँजासहित दुई जना, मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीबाट एक, नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूलीबाट पाँच जना, पोखरा नगरपालिका–२७ सैनिकबस्तीबाट एक जनालाई पक्राउ गरिएको हो।

बाँकेको कोहलपुर नगरपालिका–१५ अक्कलघरुबाट खैरो हेरोइनसहित आठ जना, सोही नगरपालिकाको ढोरपुरबाट एक जना, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बाट एक जना र दाङको घोराही उपमहानगरपालिका–१८ गाउँबेँसी टोलबाट पाँच जनालाई पक्राउ गरिएको छ।

सम्बन्धित समाचार

कांग्रेस बैठकको अध्यक्षता विश्वप्रकाशले गर्ने

कांग्रेस बैठकको अध्यक्षता विश्वप्रकाशले गर्ने

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको सभापतित्व उपसभापति विश्वप्रकाश शर्माले गर्ने हुनुभएको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा...

साफ यू–२० च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ

साफ यू–२० च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौं। माल्दिभ्समा अप्रिल २३ देखि हुने साफ यू–२० च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक कार्यक्रमकाबीच...