मुख्य समाचार

वर्तमान कार्यसमिति भंग गरेर महाधिवेशन जान कांग्रेसलाई केदार कार्कीको अनुरोध

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता केदार कार्कीले पार्टीको वर्तमान केन्द्रीय समिति भंग गर्न सुझाव दिनुुभएको छ।

उनले सामाजिक सञ्जालमा लेख्दै ‘हिजो र आज पनि सभापति मात्रै दोषी हुन नसक्ने’ तर्क गर्नुभएको छ। ‘जस्तोसुकै चुनौती सामना गर्नुपरे पनि सत्यबाट पछि हटिँदैन । हिजो पनि र आज पनि यो केवल सभापतिको मात्र दोष र कमजोरी होइन,’ उहाँले भन्नुभयो, ‘पदाधिकारीहरू पनि उत्तिकै दोषी छन्, जसले समग्र पार्टी र देशका लागि सकारात्मक सन्देश दिन सकेनन् ।’

उहाँले वर्तमान समिति भंग गरी संवादमार्फत महाधिवेशन तयारी समिति गठन गर्नुपर्ने बताउनुभयो। यसले एकताको सन्देश दिने, नियमित महाधिवेशन सुनिश्चित गर्ने र देशलाई थप संकटतर्फ जानबाट जोगाउने उहाँको भनाइ छ । ‘एक–एक पाइला पछि सरेर पार्टीलाई दुई पाइला अगाडि बढाऔँ’, उहाँले लेख्नुभएको छ।

सम्बन्धित समाचार

सुटकेसमा महिलाको शव फेला : अझै खुलेन पहिचान संग्रह

सुटकेसमा महिलाको शव फेला : अझै खुलेन पहिचान संग्रह

काठमाडौ। करिब १ महिना अघि पोखरा महानगरपालिका १७ ड्यामसाइडमा शङ्कास्पद सुटकेस फेला पर्‍यो । खोलेर हेर्दा उक्त सुटकेसमा महिलाको...

दक्षिण कोरियाको कारखानामा आगलागीः १४ जना बेपत्ता, २१ गम्भीर घाइते

दक्षिण कोरियाको कारखानामा आगलागीः १४ जना बेपत्ता, २१ गम्भीर घाइते

दक्षिण कोरियामा शुक्रबार एक कारका पाट्र्स उत्पादन गर्ने कारखानामा भीषण आगलागी हुँदा कम्तीमा १४ जना बेपत्ता भएका छन् भने...

कांग्रेस बैठकको अध्यक्षता विश्वप्रकाशले गर्ने

कांग्रेस बैठकको अध्यक्षता विश्वप्रकाशले गर्ने

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको सभापतित्व उपसभापति विश्वप्रकाश शर्माले गर्ने हुनुभएको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...