वर्षाले काठमाडौंका सडकमा जाम
काठमाडौँ। काठमाडौँमा हुरीबताससहितको वर्षा जारी रहँदा शहरका विभिन्न सडकखण्डमा ट्राफिक जाम बढेको छ।
वर्षाका कारण माइतीघर, पुतलीसडक र तीनकुनेलगायत स्थानमा सडकमा समेत पानी जमेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कोटेश्वर क्षेत्रलगायत विभिन्न स्थानको निरीक्षण गर्दा वर्षाका कारण सवारी जाम बढेको छ।
वर्षाका कारण सडकमा पानी जम्दा सवारी सञ्चालनमा थप समस्या देखिएको हो। यसले ट्राफिक ‘फ्लो’ अवरुद्ध हुने र दुर्घटनाको जोखिम बढ्ने भएकाले सचेत भई सवारी चलाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ।
‘सबै स्थानमा ट्राफिक प्रहरी परिचालन गरिएको छ, तर वर्षाका कारण सवारीसाधनको चाप बढेको छ’, प्रहरी उपरीक्षक सुवेदीले भन्नुभयो, `ट्राफिक नियमको पालना गर्दै सुरक्षित यात्रा गर्नुपर्छ। हतारको मनस्थितिले दुर्घटना हुनसक्छ।’
हुरीबतासका कारण सडक किनारमा रहेका रुख ढल्ने, बिजुली तथा टेलिफोनका तार चुँडिने, पोल लड्ने तथा घरका छाना उड्ने जोखिम पनि रहेको अवस्थामा सकेसम्म अनावश्यक यात्रा नगर्न ट्राफिक प्रहरीले भनेको छ। यात्रा गरिहाल्नुपरेमा सावधानी अपनाउन ट्राफिक प्रहरीको अनुरोध छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ठूलो परिमाणको लागुऔषधसहित १ पक्राउ
काठमाडौं। जिल्ला प्रहरी कार्यालय कास्कीले ठूलो परिमाणको लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका २९ सैनिक...
ईदमा गृहले दियो शनिबार सार्वजनिक बिदा
काठमाडौं। नेपाल सरकार, गृह मन्त्रालयले भोलि शनिबार इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको...
सुटकेसमा महिलाको शव फेला : अझै खुलेन पहिचान संग्रह
काठमाडौ। करिब १ महिना अघि पोखरा महानगरपालिका १७ ड्यामसाइडमा शङ्कास्पद सुटकेस फेला पर्यो । खोलेर हेर्दा उक्त सुटकेसमा महिलाको...
दक्षिण कोरियाको कारखानामा आगलागीः १४ जना बेपत्ता, २१ गम्भीर घाइते
दक्षिण कोरियामा शुक्रबार एक कारका पाट्र्स उत्पादन गर्ने कारखानामा भीषण आगलागी हुँदा कम्तीमा १४ जना बेपत्ता भएका छन् भने...




