
मेष : आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला। कार्य क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। खर्चमा वृद्धि भए पनि आम्दानीभन्दा बढी खर्च हुने छैन। लामो यात्रा सुखद र सफल रहनेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ।
वृष : परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ। साझेदारीको काममा उल्झन आउनेछ। यात्रा गर्दा सावधानी अपनाउनु होला। सामान हराउने वा चोरी हुने सम्भावना छ।
मिथुन : परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। दाम्पत्य जीवन सुखमय रहनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। आम्दानी बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ।
कर्कट : वाणीमा कुशलता आउने दिन परेको छ। मनमा उत्साहका साथै बोली बिक्नेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। प्रेम जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ।
सिंह : परोपकारका क्षेत्रमा लगानीको समय छ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। शुभकार्यको चर्चा चल्नेछ। काम गर्ने जोस, जाँगर र उमङ्ग बढ्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।
कन्या : इज्जत र प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला। केही कुराले मनमा अशान्ति र छटपटी व्याप्त हुन सक्छ। बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ। चिसोबाट बच्नुहोला। नयाँ कार्यको योजना भने बन्नेछ।
तुला : धार्मिक तथा सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुन सक्छ। विवेकको प्रयोग गर्न सके दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ। नयाँ ठाउँमा घुमफिर र मन्दिर दर्शनको योजना बन्नेछ। साथीभाइसँगको खानपिन कार्यक्रममा सरिक भइएला।
वृश्चिक : दिन हाँसखेल र मनोरञ्जनपूर्ण रहनेछ। धार्म तथा समाजसेवामा मन लाग्नेछ। सेयर बजारबाट लाभ हुनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइएला। स्वादिष्ट भोजनको आनन्द पाइनेछ।
धनु : काम देखाएर अरूको मन जित्न सकिनेछ। रोकिएको धन हात पर्ला। न्यायिक तथा राजनीतिक कार्यमा सफलता मिल्नेछ। रोकिएका काम सुचारु हुनेछन्। सामान्य स्वास्थ्य समस्याले भने सताउन सक्छ।
मकर : सहयोग गर्नेभन्दा आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन्। परिवारमा झैझमेलाको अवस्था आउन सक्छ। पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ।
कुम्भ : रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय छ। अधुरो काम बन्नाले मन प्रसन्न हुनेछ। घरपरिवारमा रमाइलो वातावरण छाउनेछ। उच्च पदस्थ व्यक्तिले तपाईँको मेहनतको कदर गर्नेछन्। विश्वासपात्रलाई वचन दिँदा संयमता अपनाउनु होला।
मीन : गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। व्यवसायका लागि यात्राको सम्भावना छ।