मुख्य समाचार

यही पारा हो भने एमालेको सिट संख्या स्कुटरमा अट्ने जति हुन्छ : सुरेन्द्र पाण्डे

काठमाडौं। नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले कमजोरी सुधार गर्न नसके अर्को निर्वाचनमा एमालेको सिट संख्या एउटा स्कुटरमा अट्ने जति हुन सक्ने बताउनुभएको छ। शनिबार बुटवलमा आयाेजित एक कार्यक्रममा उनले पहिला ३/४ वटा बसमा आउने एमाले अहिले माइक्राेमा अट्ने भएकाे र कमजाेरी नसुधारे भाेलि एउटा स्कुटरमा अट्ने अवस्थामा पुग्न सक्ने बताउनुभएको हो।

‘एमालेकै कुरा गर्ने हो भने २०७४ सालमा १७४ सिट जितेर दिग्विजय हासिल गर्‍यौं भन्ने थियो । तर जोगाउन सकेनौं। कम्युनिस्टहरू पहिला ३/४ वटा बसमा आउँथे। ०७९ हुँदा एउटा बसमा आउने भयौं, अहिले एउटा माइक्रो बसमा अट्ने भयौं’, उहाँले भन्नुभयो, ‘यस्तै अवस्था हो भने अर्को पटक स्कुटरमा आटाउँछाैँ।’

नेतृत्वले कमजोरी सुधार्न निर्मम नबन्ने हो भने पार्टीहरुले अबका निर्वाचनमा टिकट लिने व्यक्ति समेत नपाउने नेता पाण्डेले बताए। उहाँले भन्नुभयो, ‘नेतृत्वले कमजोरी स्वीकार गर्ने र त्यसलाई सच्चाउन नखोज्ने हो भने हार्ने निर्वाचन लड्न कोही कार्यकर्ता किन जान्छ!’

सम्बन्धित समाचार

खाडी युद्ध नेपालको अर्थतन्त्रका लागि गम्भीर चुनौती : अध्यक्ष अग्रवाल

खाडी युद्ध नेपालको अर्थतन्त्रका लागि गम्भीर चुनौती : अध्यक्ष अग्रवाल

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले खाडी युद्ध नेपालको अर्थतन्त्रको लागि गम्भीर चुनौतीको रूपमा देखा पर्नसक्ने बताउनुभएको...

इस्लाम धर्मावलम्वीहरूले हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै

इस्लाम धर्मावलम्वीहरूले हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै

काठमाडौँ। इस्लाम धर्मावलम्वीहरूको महान पर्व इद उल फित्र आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ । एक महिना लामो पवित्र रमजान...

नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा

नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा

काठमाडौँ। पोखरा महानगरपालिकाले सुशासन र योजना तर्जुमाका लागि एउटा ठूलो फड्को मारेको छ । मेयर धनराज आचार्यकाअनुसार पोखराभित्र कति...

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व। रुकुम पूर्वमा भारी हिमपातको कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम...