सरकार गठनको तयारीमा रास्वपा
काठमाडौँ। प्रतिनिधि सभामा झन्डै दुई तिहाइ ९१८२ स्थानमा० जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सरकार गठनको आन्तरिक तयारीमा जुटेको छ । प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त गरेको रास्वपाको नेतृत्वमा एकल सरकार गठन हुने भएसँगै पार्टीका शीर्ष नेता आन्तरिक छलफल र तयारीमा जुटेका छन् ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार नवनिर्वाचित सांसदको चैत १२ गते संसद् भवनमा शपथग्रहणसँगै संसदीय दलको हालको विधान परिमार्जनलाई अन्तिम रूप दिएर संसदीय दलको नेता चयन गर्ने र त्यसलगत्तै प्रधानमन्त्रीको शपथ हुने छ । संसदीय दलको नेता चयन र सरकार गठनबारे भइरहेको तयारीबारे गोरखापत्र दैनिकसँग कुराकानी गर्दै प्रवक्ता झाले भन्नुभयो, “सर्वप्रथम नवनिर्वाचित सांसदको शपथ लिने र त्यसलगत्तै संसदीय दलको नेता चयन गरी प्रधानमन्त्रीको शपथग्रहण गर्नेबारे प्रक्रिया अघि बढाउने गरी पार्टीको शीर्ष नेतृत्व तहमा छलफल, परामर्श भइरहेको छ ।” रास्वपा र तत्कालीन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबिच रास्वपाको सभापतिमा रवि लामिछाने र शाह वरिष्ठ नेता रहने सहमति भएको थियो ।
दुवै पक्षबिचको सातबुँदे सहमतिमा वरिष्ठ नेता शाह प्रधानमन्त्री बन्ने सहमतिसहित पार्टी निर्वाचनमा होमिएको थियो । निर्वाचनमा असाधारण जनमत पाएको रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्न पार्टीको विधानलाई परिमार्जन गरी समय अनुकूल बनाउन लागिएको र आगामी केन्द्रीय समितिको बैठकले त्यसलाई अनुमोदन गर्ने गरी तयारी भइरहेको पनि प्रवक्ता झाले जानकारी दिनुभयो ।
रास्वपाको विधान, २०७९ को धारा ६६ मा सङ्घीय संसद्मा निर्वाचित साधारण सदस्य रहने तथा धारा ६६ ९८० मा पार्टीका साधारण सदस्यले संसदीय दलको नेता चयन गर्ने व्यवस्था छ । उक्त विधानमा पार्टीका तर्फबाट सङ्घीय निर्वाचनमा समानुपातिक र प्रत्यक्षतर्फ निर्वाचित उम्मेदवारबाट प्रतिनिधि सभा संसदीय दलको नेता छनोटका लागि निर्वाचन गर्नुपर्ने उल्लेख छ ।
रास्वपा गठन भएसँगै पार्टीको विधान महाधिवेश भइनसकेको अवस्थामा उक्त विधान परिमार्जन गर्ने अधिकार केन्द्रीय समितिमा छ । सोही अनुसार पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई विधान परिमार्जन गरी संसदीय दलनको नेता चयन गर्नेबारे र सोही अनुसार सरकार गठनका लागि सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्ले आन्तरिक गृहकार्यमा जुट्नुभएको छ ।
निर्वाचन आयोगले समानुपातिक प्रणालीबाट निर्वाचित प्रतिनिधि सभा सदस्यलाई बिहीबार प्रमाणपत्र वितरण गरेको छ । गत बिहीबार आयोगले प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइसकेको छ ।
सङ्घीय संसद् सचिवालयले रास्वपा, नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेकपा, श्रम संस्कृति र राप्रपाका प्रतिनिधिसँग परामर्श गरी यही चैत १२ गते सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनमा शपथ गराउने जनाएको छ । सांसदको शपथको भोलिपल्ट चैत १३ गते प्रधानमन्त्रीको शपथ र मन्त्रीपरिष्द गठनको तयारी भइरहेको छ ।
रास्वपाले आफ्नो सम्पूर्ण प्रक्रिया पूरा गरी प्रधानमन्त्री बालेन्द्र शाहको शपथको प्रबन्धका लागि राष्ट्रपति कार्यालयमा प्रस्ताव पठाउने गृहकार्य गरिरहेको छ । रास्वपा स्रोतका अनुसार बालेन्द्र शाहले १५ देखि १८ सदस्यीय मन्त्रीपरिषद् गठन गर्ने र कुन मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्नेबारे मोटामोटी नामावलीसमेत तयार भइसकेको छ ।
ताजा अपडेट
-
१.
मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक
-
२.
१ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी
-
३.
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित
-
४.
नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
-
५.
पर्वतमा जिप दुर्घटना, चालकको मृत्यु
ट्रेन्डिङ
सिफारिस
सबैसम्बन्धित समाचार
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित
काठमाडौँ। ‘जेन–जी’ आन्दोलनको सत्यता बाहिर ल्याउनुपर्ने माग गर्दै त्रि–चन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब...
पर्वतमा जिप दुर्घटना, चालकको मृत्यु
काठमाडौँ। कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास नगरपालिका–४ मुडिकुवास्थित कुश्मा–फलेवास सडकस्थित कालीगण्डकी किनारमा जीप दुर्र्घटना हुँदा चालक सज्जन परियारको मृत्यु भएको छ।...
राखेप र मन्त्रालयका कारण फुटबल गतिविधिमा बाधा पुग्योः संकटा क्लव
काठमाडौँ। संकटा फुटबल क्लवले राजनीतिक स्वार्थका कारण नेपाली खेलकुदको अविभावकीय संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाली फुटबलमा नै धराशायी...
निजी क्षेत्र एकीकृत भए मात्र सरकारले हाम्रो आवाज सुन्छः भवानी राणा
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले निजी क्षेत्रका व्यवसायीहरू एकीकृत भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।...




