नवनिर्वाचित सांसदहरुले जातीय विभेद अन्त्यका लागि प्रभावकारी कदम चाल्न आवश्यक छः कमला पराजुली
काठमाडौँ। राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले नवनिर्वाचित प्रतिनिधि सभाका सांसदहरुले जातीय विभेद अन्त्यका लागि प्रभावकारी कदम चाल्न आवश्यक रहेको बताउनुभएको छ । ६१ औँ अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मुलन दिवसको अवसर पारेर शनिवकार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो आवश्यकता औँल्याउनुभएको हो ।
अध्यक्ष पराजुलीले जातीय विभेदको शिकार सबै भन्दा बढी दलित महिलाहरु पर्नुपरेको तथ्य प्रश्तुत गर्दै त्यसको अन्त्यका लागि नवनिर्वाचित सांसदहरुले कडा कानून निर्माण गर्नुपर्ने र त्यसको प्रभावकारी कार्यान्वयन गर्न केन्द्रित हुनुुपर्ने स्पष्ट पार्नुभयो ।
उहाँले नेपाल प्रहरी र महिला आयोगमा पनि जब्बरजस्ती करणीलगायतका महिला हिंसाका घटना जातीय विभेदका कारण आउने गरेको उल्लेख गर्दै त्यसलाई सबैले मिलेर निराकरण गर्दै लैजानुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘जति पनि अहिले हामीले नेपाल प्रहरीमा नै दर्ता भएका उजुरी जब्बरजस्ती करणीका घटनाका उजुरीहरुलाई हेर्ने हो भने त्यहाँ सबै भन्दा बढी दलित बालिकाहरु, दलित किशोरीहरु, दलित महिलाहरु माथिका हिंसाहरु बढी भएका छन । किनभने उहाँहरु समाजका जोखिमयुक्त समुदायहरु हुनु भयो । महिला हुनु भयो, कमजोर हुनुभयो । हैसियतबाट पर हुनुभयो । अनि जातीय विभेदको पनि मार परेको कारणले यो भयो । अर्को भनेको राष्ट्रिय महिला आयोगमा नै आएको कतिपय लैगिक हिंसाका, घरेलु हिंसाका हेर्दा पनि के छ त भन्दा त्यहाँ पनि जातीय विभेदका प्रभावहरु देखिन्छ । प्रेम विवाह हुन्छ । त्यो विवाह पनि अन्त्यमा गएर बदर हुने त्यहाँ जब्बरजस्ती करणीका उजुरी हुने, अपहरण, कर्तव्य ज्यानका उजुरीहरु हुने । त्यो पनि फेरि गएर जातीयतासँग जोडिएका कुरा हुन्छन् । आज पनिसमाज यतिअगाडि बढ्दाबढ्दै पनि यो अमानवीय अपराधको शिकार भईराखेको अवस्था छ । यो अन्त्य गर्नका लागि आज ठूलो विद्रोहबाट आएको नयाँ निर्वाचित जनप्रतिनिधिहरु प्रतिनिधिसभामा आउनु भएको छ । नयाँ कानूनहरु बन्नेछन् । त्यसको कार्यान्वयन र दलित समुदायको न्यायमा पहुँच पु¥याउन पनि हामी अझ बढी प्रभावकारी ढंगले जानुपर्ने देखियो ।’
अध्यक्ष पराजुलीले अपहरण, कर्तव्य ज्यानका उजुरीहरु पनि आउने क्रम बढिरहेको उल्लेख गर्दै त्यसको निराकरणमा सम्बन्धित सबै पक्ष गम्भिर बन्नुपर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
जेनजी आन्दोलनमा भागेका कैदी लागुऔषधसहित पक्राउ
काठमाडौं। जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट भागेका एक व्यक्ति लागुऔषधसहित पक्राउ परेका छन्। सिन्धुली, कमलमाई नगरपालिका ४ घर...
प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको शपथ भोलि
काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीको शपथ भोलि...
नेप्सेाा उछाल
काठमाडौँ। सेयरबजारमा ५४.५१ अंकको उछाल आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १.८९ प्रतिशतले बढेर २९३१.५५ विन्दुमा पुगेको हो।...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...




