शुक्रबार, फाल्गुन ३०, २०८१
English
Follow us:

आजको मौसम : पानी पर्ने सम्भावना

आजको मौसम : पानी पर्ने सम्भावना

  • खबर सेवा

  • बुधबार, माघ १६, २०८१

  • 82
    SHARES
आजको मौसम : पानी पर्ने सम्भावना

काठमाडौँ। हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। यतिबेला (बुधबार बिहान) कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। तराईका धेरै स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ।

देशका बाँकी भूभागमा मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना छ।त्यसैगरि कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि संभावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा भनिएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology