मुख्य समाचार

‘सात दिने मौसम पूर्वानुमान तयारीमा विभागः प्रविधि र बजेटको अभाव मुख्य चुनौती’

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले हाल तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै आएकोमा निकट भविष्यमै सात दिनसम्मको पूर्वानुमान गर्ने योजना बनाएको छ ।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसम विज्ञ राजु प्रधानाङ्गले यसबारे जानकारी दिनुभएको हो । मौसमजन्य विपद्बाट हुने धनजनको क्षति न्युनिकरणका लागि मौसम पूर्वानुमानलाई थप भरपर्दो र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रधानाङ्गले पूर्वानुमानको शुद्धताका लागि अवलोकनका तथ्यांकहरू गुणस्तरीय हुनुपर्ने बताउनु भयो । नेपालमा हरेक वर्ष भारी वर्षा, हावाहुरी, असिना र डढेलो जस्ता मौसमी प्रकोपले ठूलो क्षति पु¥याइरहेको उल्लेख गर्दै उहाँले विभागले हाल भूउपग्रह ९स्याटेलाइट०, राडार, रेडियोसोण्ड र जमिनमा आधारित मौसम केन्द्रहरूबाट तथ्यांक संकलन गरिरहेको जानकारी दिनुभयो । प्रधानाङ्गका अनुसार विभागले हाल ‘न्युमेरिकल वेदर मोडलिङ’ मार्फत तीन दिनसम्मको पूर्वानुमान नियमित रूपमा जारी गर्दै आएको छ । यो तथ्यांक सडक विभाग, खानी तथा भूगर्भ विभाग र कृषि सूचना तथा तालिम केन्द्र जस्ता निकायहरूलाई पूर्वतयारी र निर्णय प्रक्रियाका लागि उपलब्ध गराइँदै आएको छ ।

विभागले हाल पर्वतारोहण, हवाई उड्डयन, कृषि र शहरी क्षेत्रका लागि विशेष पूर्वानुमान सेवाहरू प्रदान गरिरहेको उहाँले बताउनु भयो । विशेषगरी हवाई मौसम सेवालाई डिजिटाइज गरिएको र २१ वटा स्थानीय तहका लागि ‘प्रभावमा आधारित पूर्वानुमान’ शुरु गरिएको उहाँले बताउनु भयो । सन् २०१० पछि नेपालको मौसमसम्बन्धी प्रविधिमा उल्लेख्य सुधार आएको चर्चा गर्दै प्रधानाङ्गले आगामी दिनमा सात दिनसम्मको पूर्वानुमान गर्ने प्रणाली विकास गर्ने बताउनु भयो । साथै, मौसमसम्बन्धी जानकारी सजिलै उपलब्ध गराउन मोबाइल एप सञ्चालनमा ल्याउने र आफ्नै ‘डिसिजन सपोर्ट सिस्टम’ ९निर्णय सहयोग प्रणाली० बनाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘भारी वर्षाबाट हुने क्षतिलाई कम गर्नको लागि जोखिमलाई न्युनिकरण गर्नको लागि हामीले २१ वटा स्थानीय तहको लागि भनेर आईबीएफ फोरकास्ट पनि दिइरहेका छौँ । यस बाहेक तथ्यांकको सम्बन्धमा हामीले सेवाग्राहीहरुलाई आवश्यक तथ्यांकहरु माग भएअनुसार तथ्यांकहरु दिइरहेका छौँ । र बीमाको लागि तथ्यांकहरुलाई प्रमाणीकरण गर्ने आदि कार्यहरु पनि गरेका छौँ । यसै जलवायुको क्षेत्रमा सिजनल वेदर आउटलुक जस्तै आगामी मौसम कस्तो हुन्छ भन्नेबारे त्यसको आकलन र त्यस बाहेक यो डेली मन्थली सिजनल र एनुअल रिपोर्टहरु र यो एक्सट्रिम प्रेसिपिटेसन टेम्परेचर मोनिटरिङ ड्राउट मोनिटरिङ क्लाइमेट चेन्ज इन्फर्मेसन जस्ता जानकारीहरु हामीले दिइरहेका हुन्छौँ । त्यस्तै कृषि क्षेत्रमा हामीले हरेक हप्ता बिहीवारको दिन यो गत हप्ताको गत साताको वेदर एनालिसिसहरु रेनफल टेम्परेचर ह्युमिडिटी आदिको जानकारी दिने गर्छौं । र प्रविधिको कुरा अवस्था हेर्दाखेरि विगत भन्दा हाल धेरै प्रविधिहरु जडान भइसकेको अवस्था छ । र जस्तै २०१० अगाडी हामीसँग लिमिटेड टेक्नोलोजीहरु मात्र थिए । र अहिले २०१० बाट हालसम्म आइपुग्दा खेरि थुप्रै प्रविधिहरु जोडिसकेको छ । र आगामी निकट भविष्यमा पनि थप प्रविधिहरु जस्तै सात दिनसम्मको पूर्वानुमान जेनेरेट गर्ने र त्यस्तै यो मोबाइल वेदर मोबाइल एपहरु सञ्चालनमा ल्याउने र यो आफ्नै डिसिजन सपोर्ट सिस्टम बनाउने जस्ता कार्यक्रमहरु प्लानिङ फेजमा छ । र यसरी अब्जर्भेसनबाट प्राप्त हुने तथ्यांकलाई हामीले विश्लेषण गर्छौं । त्यसबाट पूर्वानुमान तयार हुन्छ । र त्यो पूर्वानुमानको आधारबाट त्यसबाट प्राप्त भएको जानकारीबाट हामीले विभिन्न सेवाहरु दिइरहेका छौँ । र यसैबाट धनजनको क्षति न्युनिकरण हुन्छ भनेर हामीले प्रयासरत छौँ । ’
कार्यक्रममा प्रधानाङ्गले मौसमको सटिक अवलोकन र विश्लेषणबाट नै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

विभागका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट रामविकेश रायले जल तथा मौसम विज्ञान विभागका प्राविधिक रामविकेश रायले नेपालको जलविज्ञान ९हाइड्रोलोजी० क्षेत्रमा अवलोकनदेखि सेवा प्रवाहसम्म महत्वपूर्ण कार्य भइरहेको भएपनि प्रविधि र बजेटको अभाव मुख्य चुनौतीका रूपमा रहेको बताउनु भयो । रायले विभागले जलविज्ञान र मौसम विज्ञानका दुवै पक्षलाई समेटेर सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो । उहाँकाअनुसार हाल देशभर २ सय ३० वटा जलस्तर मापन केन्द्रहरू रहेका छन्, जसमध्ये २ सय ६ वटा स्वचालित ९अटोमेटिक० भइसकेका छन् । विभागले राडार लेभल सेन्सर, स्टाफ गेज र डिस्चार्ज मापनमार्फत तथ्याङ्क सङ्कलन गर्दै आएको छ । रायले विभागले मुख्य गरी तीन प्रकारका जलवैज्ञानिक सेवाहरू प्रदान गरिरहेको बताउनु भयो । जलविद्युत आयोजनाहरूको क्षमता गणना, विश्वविद्यालयका विद्यार्थीको अनुसन्धान र बाढीपहिरोबाट भएको क्षतिको बीमा दाबीका लागि आवश्यक तथ्याङ्क प्रमाणीकरण गर्ने काम विभागले गर्दै आएको उहाँले बताउनु भयो । वास्तविक समयको जलस्तर, वर्षा र माटोको चिस्यानलाई आधार मानी विभिन्न मोडेलमार्फत बाढीको पूर्वानुमान गरिन्छ ।

यसरी तयार पारिएको सूचना बुलेटिन, सामाजिक सञ्जाल, एसएमएस,रेडियो, टेलिभिजन र टोल फ्री नम्बर ११५५ मार्फत प्रवाह गरिन्छ । रायकाअनुसार नारायणी बेसिनको क्षेत्रमा बाढी पूर्वानुमानको शुद्धता करिव ९० प्रतिशतसम्म पुगेको छ । च्छोरोल्पा र इम्जा हिमतालमा अर्ली वार्निङ सिस्टम जडान भइसकेको र आगामी दिनमा जीसीएफ प्रोजेक्टमार्फत थप चारवटा हिमतालमा यस्तो प्रणाली विकास गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । रायले अपर्याप्त प्रविधि र कठिन भूगोललाई प्रमुख समस्याका रूपमा औंल्याउनु भयो । जलवायु परिवर्तनका कारण बढ्दो अतिवृष्टि र अनावृष्टिले पूर्वानुमानमा अनिश्चितता थपेको रायको भनाइ छ । सूचनाको पहुँचमा नभएका समुदायका लागि साइरन वा लाउडस्पिकरको प्रयोग गरी ‘सफल पूर्वसूचना प्रणाली’ विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले यतिका सेवाहरू प्रवाह गरिराख्दा पनि विभिन्न चुनौतीहरू हामीमा छ । सर्वप्रथम अपर्याप्त प्रविधि । हामीले पछिल्लो समयमा प्रविधिको एकदम मोर्डनाइजेसन भइसक्दा पनि अझै पनि पर्याप्त प्रविधि आइननसकेको अवस्था छ । त्यसै कठिन भूगोल । हाम्रो नेपालको केसमा भूगोल एकदमै कठिन भएकोले हाइड्रोलोजिकल मेट्रोलोजिकल स्टेसनहरू स्थापना गर्न एकदमै गाह्रो भइरहेको हुन्छ । त्यसपछि पूर्वानुमानको अनिश्चितता । पक्कै पनि पर्याप्त प्रविधि नभएकोले अझै पनि हाम्रो पूर्वानुमानलाई धेरै एकुरेसी बनाउन सकिन्छ जुन अझै अनिश्चितता अलि अलि छ नै । सिमित ज्ञान । हाम्रो नलेज कन्फाइन्ड भएको छ एक्सपोजर हामीले राम्रोसँग पाइननसकेको अवस्था छ भने हामीसँग सीमित जनशक्ति छ जनशक्तिको अभाव पनि छ । त्यसपछि नयाँ प्रविधि र दिगोपनको चुनौती, नयाँ प्रविधि आइसक्दा पनि त्यसको सस्टेनेबल कतिको छ, त्यसमाथि पनि प्रश्न छ । त्यसपछि जलवायु परिवर्तन र बढ्दो अतिवृष्टि अनावृष्टिले गर्दा पनि हाम्रो पूर्वानुमानको अनिश्चिततालाई बढाएको पक्कै पनि हो । र हाम्रो जनशक्तिलाई प्रोत्साहनको अवस्था पनि अलिकति दयनीय नै छ । त्यसपछि बजेटको कमी पनि छ । हामीले यति सेवा सञ्चालन गरिराख्दा पनि वर्षेनी हाम्रो बजेट कटौतीमा परिरहेको अवस्था छ । त्यसपछि रिसर्च एण्ड डेभलपमेन्टमा पनि एकदम कमजोर अवस्था छ । ’

मौसमले मानिसको जनजीवनलाई प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । हेलस्टोम, भारी वर्षा, हुरीबतास र डढेलो जस्ता विपद्हरुले हरेक वर्ष क्षति पु¥याइरहेको अवस्थामा विभागले अवलोकन प्रक्रियालाई डिजिटाइज गर्दै लगेको छ । सेटेलाइट, राडार र रेडियोसोण्ड जस्ता आधुनिक उपकरणहरुको प्रयोगबाट प्राप्त तथ्यांकलाई न्युमेरिकल वेदर मोडलिङमा फिट गरेर पूर्वानुमान तयार पारिन्छ । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

रवि र जीबीविरुद्ध सहकारीको मुद्दा हाल्ने व्यक्ति नै सहकारी ठगीमा पक्राउ

रवि र जीबीविरुद्ध सहकारीको मुद्दा हाल्ने व्यक्ति नै सहकारी ठगीमा पक्राउ

काठमाडौं। पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका ‘पीडित’ कृष्णप्रसाद जैसी पोखराकै धनुष बचत तथा ऋण सहकारी ठगी आरोपमा...

प्रधानमन्त्री कप : कर्णालीमाथि सुदूरको सानदार जित, धामी नायक

प्रधानमन्त्री कप : कर्णालीमाथि सुदूरको सानदार जित, धामी नायक

काठमाडौं। शेर मल्लको कप्तानीमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कपमा विजयी सुरुवात गरेको छ। विरगंजमा भएको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा...

पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख धरौटी माग

पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख धरौटी माग

काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री तथा नेकपा (एमाले)का नेता भीम आचार्यसँग विशेष अदालतले साढे २ लाख धरौटी...

चिकित्सा शिक्षा सुधारका लागि विजय पन्तले बुझाउनुभयो ध्यानाकर्षण पत्र

चिकित्सा शिक्षा सुधारका लागि विजय पन्तले बुझाउनुभयो ध्यानाकर्षण पत्र

काठमाडौं। चिकित्सक एवं स्वास्थ्य अभियन्ता डा विजय पन्तले चिकित्सा शिक्षा आयोगलाई चिकित्सा शिक्षा सुधारका सम्बन्धमा सुझाव तथा ध्यानाकर्षण पत्र...