कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा सांसदहरूले बलात्कारको विरुद्धमा कडा कानुन बनाउनु पर्ने माग राखेका छन्।
सोमबारको प्रदेश सभाको शून्य समयमा बोल्दै सांसदहरूले बलात्कारपछि हत्या भएको घटनामा मृत्युदण्डको कानुनी व्यवस्थाको माग गरेका हुन्। सांसदहरूले विशेष गरी महिला तथा बालिकामाथि हुने बलात्कारका घटना र शान्ति सुरक्षाको फितलो अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
सांसद गोपालबहादुर विश्वकर्माले बलात्कार जस्तो जघन्य अपराधमा संलग्न हुनेहरूलाई मृत्युदण्डको कानुनी व्यवस्था गर्नुपर्ने माग राखे।
महिला तथा बालबालिका अहिले पनि असुरक्षित रहेको जिकिर गर्दै अब मृत्युदण्डको कानुनी व्यवस्था ल्याउनु पर्नेमा जोड दिए।
एमालेकी सांसद मिना श्रेष्ठले धेरै बालिकाहरू बलात्कारको सिकार भइरहेकोले दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताइन्।उनले कडा कारबाहीका लागि कानुनी प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो।
उहाँले भन्नुभयो, ‘बलात्कारपछि हत्या गर्ने जघन्य प्रकृतिका घटनाका दोषीलाई कानुनी दायरामा ल्याई नेपालमा मृत्युदण्ड दिने खालको कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्दछु।’
प्रदेश र सङ्घीय सरकारसँग आग्रह गरिन्।
अर्का सांसद रामदेव यादवले भने सांसदका स्वकीय सचिवहरूको सुविधा रोकिएको र सुनसरी जिल्लालाई बजेट तथा योजनामा सरकारले उपेक्षा गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।
र
ताजा अपडेट
-
१.
रवि र जीबीविरुद्ध सहकारीको मुद्दा हाल्ने व्यक्ति नै सहकारी ठगीमा पक्राउ
-
२.
निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन एमालेको निर्देशन
-
३.
प्रधानमन्त्री कप : कर्णालीमाथि सुदूरको सानदार जित, धामी नायक
-
४.
पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख धरौटी माग
-
५.
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह
ट्रेन्डिङ
सिफारिस
सबैसम्बन्धित समाचार
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...
कस्तो छ मौसम?
काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान गण्डकी,...




