मुख्य समाचार

कांग्रेसले किन बोलायो फेरि कार्यसमिति बैठक?

काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। केन्द्रीय कार्यसमिति बैठक सकिएको एक दिन नबित्दै कांग्रेसले फेरि अर्को बैठक बोलाएको हो।

चुनावको प्रारम्भिक समीक्षा र सभापति गगन थापाको राजीनामाबारे छलफल गर्न बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबारमात्रै सकिएको छ। अब कांग्रेसले मंगलबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाइएको जानकारी दिनुभयो।

उनले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थित हुन भनिएको जानकारी दिए।

यसअघि दुई दिन चलेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापाले दिएको राजीनामा अस्वीकृत गर्दै चुनावमा बेहोर्नुपरेको कारणबारे छलफल गरेको थियो।

नियमित महाधिवेशनको कार्यतालिका, उम्मेदवारहरूको प्रतिवेदन, अनुशासनको कारबाहीलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको एक केन्द्रीय सदस्यले बताउनुभयो। उहाँका अनुसार केन्द्रीय समिति बैठक थप केही दिनसम्म चल्नेछ।

निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला समूह सक्रिय भएपछि कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो। आइतबार बसेको देउवा–शेखर समूहको कार्यसम्पदान समितिको बैठकले चाँडै केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको थियो।

१४ औँ महाधिवेशनपछिको कार्यसम्पादन समितिमा रहेका दुवै समूहका नेताहरूको बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो। नेता मीनबहादुर विश्वकर्माले चुनावको समीक्षा, आगामी कार्यनीतिलगायतका विषयमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय भएको बताएका छन्।

सम्बन्धित समाचार

रवि र जीबीविरुद्ध सहकारीको मुद्दा हाल्ने व्यक्ति नै सहकारी ठगीमा पक्राउ

रवि र जीबीविरुद्ध सहकारीको मुद्दा हाल्ने व्यक्ति नै सहकारी ठगीमा पक्राउ

काठमाडौं। पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका ‘पीडित’ कृष्णप्रसाद जैसी पोखराकै धनुष बचत तथा ऋण सहकारी ठगी आरोपमा...

प्रधानमन्त्री कप : कर्णालीमाथि सुदूरको सानदार जित, धामी नायक

प्रधानमन्त्री कप : कर्णालीमाथि सुदूरको सानदार जित, धामी नायक

काठमाडौं। शेर मल्लको कप्तानीमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कपमा विजयी सुरुवात गरेको छ। विरगंजमा भएको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा...

पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख धरौटी माग

पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख धरौटी माग

काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री तथा नेकपा (एमाले)का नेता भीम आचार्यसँग विशेष अदालतले साढे २ लाख धरौटी...

चिकित्सा शिक्षा सुधारका लागि विजय पन्तले बुझाउनुभयो ध्यानाकर्षण पत्र

चिकित्सा शिक्षा सुधारका लागि विजय पन्तले बुझाउनुभयो ध्यानाकर्षण पत्र

काठमाडौं। चिकित्सक एवं स्वास्थ्य अभियन्ता डा विजय पन्तले चिकित्सा शिक्षा आयोगलाई चिकित्सा शिक्षा सुधारका सम्बन्धमा सुझाव तथा ध्यानाकर्षण पत्र...