प्रदीप खड्का अभिनीत ‘एक्टर’को मिल्यो विवाद, भोलिदेखि हलमा जाने
काठमाडौँ। प्रदीप खड्का अभिनीत फिल्म ‘एक्टर स् टेक वन’को कपी राइट विवाद मिलेपछि अब शुक्रबारबाट हलमा आउने भएको छ। यसअघि ‘एक्टर’ को टिमले विवाद अदालत पुगेपछि प्रदर्शन स्थगित भएको थियो।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै फिल्म ‘एक्टर स् टेक वन’ निर्माण टिमले शुक्रबारदेखि प्रदर्शनमा आउने जानकारी दिएको हो। यही माघ १६ गतेदेखि रिलिज हुने भनिएको चलचित्र ‘एक्टरः टेक वन’विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा परेपछि रोकिएको थियो।
काठमाडौँ जिल्ला अदालतले फिल्म ‘एक्टर स् टेक वन’को प्रदर्शन तत्काल नगर्नू भनि अन्तरकालीन आदेश जारी गरेको थियो। तर नेपाली डायस्पोरा ईन्टरटेनमेन्टस प्रालिका सम्राट थापा,अदृत फिल्मस् प्रालिका थमनकुमार भण्डारी र मोती फिल्म प्रालिका मोती कार्कीले संयुक्त विज्ञप्ति जारी गर्दै काठमाडौँ जिल्ला अदालतमा रहेको मुद्दा पनि फिर्ता लिने सहमति भएको जनाए ।
राजन भुसालद्वारा निर्देशित चलचित्रमा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको अभिनय छ ।
अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह–निर्माता अनीश भुसाल रहेका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
४.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
काठमाडौँ । सुर्खेतकी इनिशा विकको बलात्कारपछि भएको हत्याको विरोधमा दोषीलाई कडा कारबाहीको माग गर्दै काठमाडौं उपत्यकाका क्याम्पसभरि अखिल क्रान्तिकारीले...
जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ
काठमाडौँ। नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले देश र जनताको हितमा हुने सबै निर्णयमा अब बन्ने सरकारलाई पार्टीले पूर्णरुपमा समर्थन...
ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ
इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई लामो समयसम्म नलम्ब्याउने स्पष्ट संकेत दिएका छन्। उनले आफ्ना निकट सल्लाहकारलाई...
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...




