राप्रपा नेताले भेटे पाथीभरा मुकुलुङ्ग घटनाका घाइते, वार्ताबाट केवलकार विवाद समाधान गर्न राप्रपाको जोड
काठमाडौँ। पाथीभरा मुकुलुङ्ग क्षेत्रमा आन्दोलन गर्दा प्रहरीबाट घाइते भएका स्थानीयलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता सगुन सुन्दर लावतीले भेटेका छन्। राप्रपा प्रवक्ता लावतीले पाँचथर, कुरुम्बा निवासी सगुन लावतीलाई बिहीबार भेटी स्वास्थ लाभको कामना गरेका हुन्। झडपमा घाइते भएका लावतीको काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार जारी छ । परिवारका सदस्यका अनुसार घाइते लावतीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ ।
विवाद वार्ताबाट समाधान गर्न अनुरोध
पाथीभरा मुकुलुङ्ग क्षेत्रमा केवलकार निर्माण कार्यमा उत्पन्न विवाद संवाद र सहमतिमा समाधान गर्न सरकारको ध्यानाकर्षण गरेको छ । पवित्र धार्मिक क्षेत्र शान्त राख्नुपर्नेमा राप्रपाको जोड छ ।
‘ताप्लेजुङ, फुङलिङ नगरपालिका ११ मा अवस्थित पाथीभरा मुकुलुङ्ग क्षेत्रमा केबलकार निर्माण कार्य सञ्चालन गर्ने क्रममा स्थानीय सरोकार व्यक्त गरेका स्थानीयवासी प्रति भएको प्रशासनिक हस्तक्षेपको राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ ।
पवित्र धार्मिक क्षेत्रलाई शान्त राख्न संवाद र सहमतिको बाटोमा अघि बढ्न सरकारको ध्यानाकर्षण गराउँदछ,’ माघ ११, १२ र १३ गते काठमाडौँमा सम्पन्न केन्द्रीय कार्य समितिको बैठकपछि राप्रपाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार
गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...
गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण...
मतदान सकिएपछि निर्वाचनबारे जानकारी दिँदै आयोग
काठमाडौँ। निर्वाचन आयोगले मतदान सकिएलगत्तै साँझ सवा ६ बजे पत्रकार सम्मेलन गर्ने भएको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद...
हेटौँडामा शंकास्पद वस्तु डिस्पोज
हेटौँडा। हेटौँडा उपमहानगरपालिका-६ गौरिटारस्थित सीटीईभीटी कार्यालय र श्रीकृष्ण प्रणामी मन्दिरको बिचमा सेतो कागजमा ‘डेन्जर’ लेखिएको शंकास्पद वस्तु फेला परेको छ।...




