काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद संसद बैठक परिसरमा फर्केका छन्।
उनीहरू प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने क्रममा फर्किएका हुन्। उनीहरूले सभापति रवि लामिछानेलाई निलम्बन गरेको विषयमा असन्तुष्टि जनाउँदै बहिस्कार गरेका थिए।
रास्वाका सांसदले विशेष समय माग्दै बोल्न पाउनुपर्ने अडान लिएका थिए। तर सभामुखले नदिँदा बहिस्कार गर्दै बाहिरिएका थिए।