मुख्य समाचार

उज्यालो नेपाल पार्टीले अब सडकबाटै सरकार चलाउनेछः कुलमान घिसिङ

काठमाडौँ। उज्यालो नेपाल पार्टीको वागमती प्रदेश स्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रम सडकबाटै सरकार चलाउने बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित पार्टीको वाममती प्रदेशस्तरीय अगुवा भेलामा बोल्दै उहाँले मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि सडकबाटै आम जनताको सरकारको रुपमा काम गर्ने बताउनुभएको हो । मुलुकको राष्ट्रियता, विद्यमान समस्या समाधान गर्दै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन आफ्नो पार्टीले सडकबाटै सशक्त भुमिका निर्वाह गर्ने अध्यक्ष घिसिङको भनाई थियो । उहाँले देशलाई सही बाटोमा लैजानका लागि सरकारलाई खबरदारीको काम गर्ने पनि आफ्नो पार्टीको प्रतिवद्धता रहेको बताउनु भयो । अध्यक्ष घिसिङले आफ्नो पार्टी जनताको घरदैलोमा पुग्ने र आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनमा नेपालको सशक्त पार्टीको रुपमा उदय हुने जिकिर समेत गर्नु भयो ।

उहाँले भन्नुभयो,‘उज्यालो नेपाल पार्टी सडकमा बसेर सरकार चलाउनु भनेर हामीलाई म्यान्डेट दिएको छ । हामी सडकमा बसेर आम नेपाली जनताको सरकार चलाउने छौँ । सडकको सरकार उज्यालो नेपाल पार्टीको हुनेछ । सडकबाट पनि यो देशको समस्या, यो देशमा भएका विभेद र यो देशलाई समृद्धितिर लैजानकालागि सशक्त भुमिका हामीले निभाउनेछौँ । यो देशको राष्ट्रियता, यो देशको समृद्धि र समस्याको विषयमा हामीले सशक्त रुपले सडकबाट खवरदारी गर्नेछौँ । राम्रा कुरालाई समर्थन गर्नेछौँ । नराम्रा, खराब कुरालाई खवरदारी गर्दै देशलाई सही बाटोमा अगाडि बढाउनका लागि हामी सशक्त रुपमा अगाडि बढ्नेछौँ । यो हाम्रो प्रतिवद्धता हो । अब उज्यालो नेपाल पार्टी हामी अब उज्यालो नेपाल पार्टी हामी हारेर पनि सबभन्दा अगाडि उठेको पार्टी हो । हामी चुनाव सकिएको केही समयमा नै केन्द्रिय कमिटीको बैठक राख्यौँ । छलफल ग¥यौँ । देशैभरीको उम्मेदवारहरुलाई बोलाएर समिक्षा ग¥यौ । आगामी दिनमा कसरी जाने भनेर एउटा कार्यदिशा पनि बनाएका छौँ । हामीले त्यस विषयमा छलफल गरेका छौँ । र सबै प्रदेशहरुमा हामीले भेलाहरु, तय गरेका छौ । पहिलो भेलाहामी बागमती प्रदेशबाट गर्दैछौँ । १४ गते हामी मधेस प्रदेशबाट भेला गर्दैछौँ । त्यस्तै गरेर हामी सात वटै प्रदेशमा भेलाहरु सम्पन्न गर्दैछौँ । त्यसपछि हामी जिल्ला भेला, पालिका भेला र वडासम्मको भेला सम्पन्न गरेर उज्यालो नेपाल पार्टीले अब गाउँटोलसम्म हाम्रो संगठन विस्तार गर्नेछौँ । अब हामी घर दैलोमा पुग्छौ । घरघरमा पुग्छ । र उज्यालो नेपाल पार्टीले आगामी स्थानीय निकाय र प्रदेशको चुनावमा नेपालको सशक्त पार्टीको रुपमा उपस्थित हुन्छौँ ।’

अध्यक्ष घिसिङले प्रतिनिधि सभा निर्वाचनमा थोरै समय भएर कारण आफ्नो पार्टीले हार व्यहोर्नुपरेको निष्कर्ष पनि सुनाउनु भयो । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

असामान्य स्थितिमा निर्वाचन गराउनु चुनौतीपूर्ण थियो : प्रधानमन्त्री

असामान्य स्थितिमा निर्वाचन गराउनु चुनौतीपूर्ण थियो : प्रधानमन्त्री

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि भएको बताउनुभयो। बुधवार निर्वाचन आयोगले आयोजना...

‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’

‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’

काठमाडौँ। चीनले आफ्नो विकासको नयाँ अध्यायका रूपमा २०२६ देखि २०३० सम्मको १५ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।...

रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन

रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन

काठमाडौँ।  आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुन करिव दुई महिना बाँकी छँदा अर्थ मन्त्रालयले बजेट निर्माणको तयारीलाई...

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण

काठमाडौँ। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पदभार ग्रहण गर्नुभएको छ । पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित कार्यकक्षमा...