मुख्य समाचार

असामान्य स्थितिमा निर्वाचन गराउनु चुनौतीपूर्ण थियो : प्रधानमन्त्री

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि भएको बताउनुभयो।

बुधवार निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो। वर्तमान सरकारले जेनजी आन्दोलनपछिको असामान्य स्थितिलाई समान्यीकरण गर्दै निर्वाचन गराउन सफल भएको बताउनुभयो।

उहाँका अनुसार निर्वाचन गराउने कार्य चुनौतीपूर्ण थियो। उहाँले तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गरेर संवैधानिक प्रणालीको सुदृढीकरण गरेको दाबी गर्नुभयो।

उहाँका अनुसार निर्वाचनले देशमा लोकतान्त्रिक मूल्य–मान्यता बलियो बनाउँदै नयाँ राजनीतिक अध्यायको ढोका खोलेको छ। निर्वाचनमार्फत मतदाताले स्थिर सरकार, सुशासन र समृद्धिको पक्षमा स्पष्ट जनादेश दिएको उहाँको भनाइ छ।

सरकार गठनको समयको चुनौतीपूर्ण अवस्थालाई स्मरण गर्दै उहाँले देशको सुरक्षा अवस्था अत्यन्त संवेदनशील रहेको र राजनीतिक दलहरूबीच संवादहीनता रहेका वेला आफूले सरकारको नेतृत्व गरेको उल्लेख गरिन्। कानूनी–राजनीतिक शून्यता सिर्जना भएको अवस्थामा ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्नु सहज नभएको उहाँको भनाइ छ।

कार्कीले भन्नुभयो, `आम मतदाताले स्थिर सरकार, सुशासन र समृद्धिको पक्षमा प्रष्ट जनादेश दिनुभएको छ। समग्रमा एकप्रकारको कानूनी राजनीतिक शून्यता थियो। यी सबै परिदृश्यका बीच ६ महिनाभित्र निर्वाचन सम्पन्न गरेर देशलाई संविधान र लोकतन्त्रको मार्गमा ल्याउने प्रतिबद्धताका हामीले जिम्मेवारी लिएका थियौँ, जुन सहज थिएन।’

 

सम्बन्धित समाचार

निलम्बनमा एन्फा

निलम्बनमा एन्फा

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। राखेपको निर्देशनविपरित निर्वाचन गर्न...

कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १८ गतेसम्म

कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १८ गतेसम्म

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १८ गतेसम्मका लागि तय भएको छ। बुधबारको कांग्रेस केन्द्रीय कार्यसमिति...

‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’

‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’

काठमाडौँ। चीनले आफ्नो विकासको नयाँ अध्यायका रूपमा २०२६ देखि २०३० सम्मको १५ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।...

रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन

रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन

काठमाडौँ।  आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुन करिव दुई महिना बाँकी छँदा अर्थ मन्त्रालयले बजेट निर्माणको तयारीलाई...