शुक्रबार, फाल्गुन ३०, २०८१
English
Follow us:

यूएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

यूएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

  • खबर सेवा

  • शनिबार, माघ १९, २०८१

  • 89
    SHARES
यूएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दाङ तुल्सीपुर उपमहानगरपालिका १९ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ७ मूलपानी बस्ने ४५ वर्षीय वसन्त योगी छन्। उनलाई प्रहरीले शुक्रबार काठमाडौंबाट पक्राउ गरेको हो।

योगीले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ९३ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका १२ बाट पक्राउ गरेको हो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology