कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १८ गतेसम्म
काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १८ गतेसम्मका लागि तय भएको छ।
बुधबारको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५औँ महाधिवेशन २०८३ असोज १६, १७ र १८ गते गर्ने निर्णय गरेको हो। मंगलबारको बैठकमा सभापति गगन थापाले आगामी भदौ २४-२६ गतेका नियमित महाधिवेशनको कार्यतालिका पेस गर्नुभएको थियो।
असोज १६ देखि १८गते १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधनसहित केन्द्रीय समिति पारित गरेको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले बताउनुभयो।
आगामी साउन ६ गते वडा, साउन १२ गते गाउँ-नगर, साउन २३ गते प्रदेश सभा क्षेत्रीय र साउन ३० गते प्रतिनिधि सभा क्षेत्रीय, भदौ ६-७ गते जिल्ला र भदौ १५-१६ गते प्रदेश अधिवेशनको मिति प्रस्ताव गरिएको थियो। साउनमा मौसमी प्रतिकुलता हुने भन्दै तल्लो तहको अधिवेशन भदौमा सारिएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
निलम्बनमा एन्फा
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। राखेपको निर्देशनविपरित निर्वाचन गर्न...
असामान्य स्थितिमा निर्वाचन गराउनु चुनौतीपूर्ण थियो : प्रधानमन्त्री
काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि भएको बताउनुभयो। बुधवार निर्वाचन आयोगले आयोजना...
‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’
काठमाडौँ। चीनले आफ्नो विकासको नयाँ अध्यायका रूपमा २०२६ देखि २०३० सम्मको १५ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।...
रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन
काठमाडौँ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुन करिव दुई महिना बाँकी छँदा अर्थ मन्त्रालयले बजेट निर्माणको तयारीलाई...




