अर्थ

बढेन डलर, घट्यो पाउन्ड

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य स्थिर रहँदा अस्ट्रेलियन डलरको मूल्य बढेको छ। तर, कुबेती र बहराइन दिनार, पाउन्ड, युरोसहित अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनियमदर यही थियो। यही माघ २ गते अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा पुगेको थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो। गत साताका केहीदिन घटेको अमेरिकी डलरको मूल्य साताको अन्त्यतिर पुनः बढेर उच्च बनेको हो।

त्यसैगरी आज युरो एकको खरिदर एक सय ४३ रुपैया ३१ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ९३ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४३ रुपैया ४८ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ १० पैसा थियो।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ११ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ३४ पैसा थियो

सम्बन्धित समाचार

४ खर्ब ८ अर्बका मालवस्तुमा ५३ अर्ब कर छुट

४ खर्ब ८ अर्बका मालवस्तुमा ५३ अर्ब कर छुट

काठमाडौँ। चालु आर्थिक वर्ष (आव २०८२/८३) को ६ महिनामा सरकारले करिव ५३ अर्ब बरारबार भन्सार महशुलमा कर छुट दिएको...

९ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्दै राष्ट्र बैंक

९ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले कर्मचारी ९ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्ने भएको छ। बैंकले एक वर्षअवधिका लागि उपदान...

कति छ विदेशी मुद्राको विनिमयदर?

कति छ विदेशी मुद्राको विनिमयदर?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढेको...