![कन्सल्टेन्सीलाई शिक्षा मन्त्रालयको चेतावनी : अनुमति प्राप्त नभएको स्थानमा सञ्चालित भए कारबाही हुन्छ](https://khabarsewa.com/wp-content/uploads/2022/06/education.jpeg)
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा प्रदायक संस्था (कन्सल्टेन्सी)लाई अनुमति प्राप्त नभएको स्थानभन्दा बाहिर गएर सञ्चालित नहुन निर्देशन दिएको छ। मन्त्रालयले कानुन विपरीत अनुमति बाहिर गएर कन्सल्टेन्सी चलेमा स्वीकृति रद्द गर्ने चेतावनी दिएको छ।
आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले कन्सलटेन्सीलाई विपरीत सञ्चालन गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएका छन्।
निर्देशिकाले दिएको अधिकार क्षेत्र बाहिर गएर यस्ता कार्य सम्पादन गरेमा सोही निर्देशिकाको दफा ६ बमोजिम संस्थाको स्वीकृति रद्द गरिने समेत मन्त्रालयले चेतावनी दिएको छ । २०७५ साल १४ गतेभन्दा अगाडि स्थापना भएका कन्सल्टेन्सीहरूको यो वर्ष नवीकरण गरिएको थियो।